February 15, 2025

सेवा निबृत्त महिला स्वास्थ्य स्वयंसेवीकालाइ दंगीशरणको सम्मान

0

प्रमोद आचार्य
दंगीशरण असार २१
दाङको दंगीशरण गाउँपालिकाले सेवा निबृत्त महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुलाइ दिर्घ सेवा सम्मान बितरण गर्दै सम्मान गरेकोछ । पालिकाले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी निबृत्त महिला स्वास्थ्य स्वयंसेवीकालाइ प्रमाणपत्र नगद र दोसल्ला सहित सम्मान गरेको हो ।सम्मान कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले स्वास्थ्य क्षेत्रको पहिलो आधारसिला मानिने स्वयंसेवीकाहरुको अतुलनीय योगदानको उच्च परसंसा गर्नुभयो । सिशु मृत्युुदर र मातृ मृत्युदरलाइ कम गर्न महत्वपूर्ण भुमिका खेल्ने स्वसेवीकाहरुलाइ सम्मान गर्न पाउदा आफु खुसि भएको बताउनुभयो

।कार्यक्रममै बोल्दै पालिका उपाध्यक्ष पिमा वलि खड्काले बिगतको समयलाइ स्मरण गर्दै जटिल परिस्थितिमा समेत आफ्नो जिउ ज्यानको समेत प्रवाह नगरी जनताको प्रत्यक्ष सम्पर्कमा रही पुर्यायको सेवा प्रवाहको खुलेर परसंसा गर्नुभयो ।पालिकाले निबृत्त स्वयंसेवीकालाइ नगद १५ हजार र प्रमाणपत्र सहित सम्मान गरेकोथियो ।कार्यक्रमको सहजीकरण गाउँपालिकाका जन स्वास्थ्य निरीक्षक प्रदिप योगीले गर्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो