October 6, 2024

दंगीशरण गाउँपालिकामा डिजिटल साक्षरता कक्षाको अनुगमन

0

दंगीशरण साउन २३
प्रमोद आचार्य
दंगीशरण गाउँपालिकामा सञ्चालन भैरहेको डिजिटल वित्तिय साक्षरता तालिमको अनुगन गरिएको छ । तालिमको गाँउपालिकाका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वलि खड्का सहितको टोलीले अनुगमन गरेको तालिमका प्रशिक्षक सरीता चौधरीले जानकारी दिइन् ।

अनुगमनका क्रममा महिलाले देखाएको सक्रियता र महिलाहरुमा देखियको साक्षरताको परीबर्तनले आफुलाई समेत उत्साहित बनाएको पालिका अध्यक्ष गिरीले खुसी ब्यक्त गर्नुभयो । आफु हरेक तालिमहरुमा सहभागी रहेको र अनुगमन गरेको तर यस डिजिटल साक्षरता कक्षा साच्चिकै प्रभावकारी रहेको भन्दै सस्थाप्रती धन्यवाद ब्यक्त गर्नुभयो ।

यस्तै अनुगमनका क्रममा उपाध्यक्ष पिमा वलि खड्काले महिला नेतृत्व र क्षमता विकासकालागी डिजिटल साक्षरता तालिम उपलब्धिमुलक भएको बताउनुभयो । महिलाको शसक्तीकरण र नेतृत्व विकास सम्बन्धि तालिम दिदै गर्दा डिजिटल साक्षरता तालिम निकै प्रभावकारी देखिएको र पालिकाले सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।

समुन्नति डिजिटल फाइनान्स जर्सी ओभरसिसको आर्थिक सहयोग, प्रयाक्टिकल येक्सन नेपालको संयोजन र डिप्रोक्स नेपालको आयोजनामा सञ्चालन भैरहेको तालिमको डिजिटल प्रविधिको प्रयोगका बारेमा जानकारी गराउने उद्देश्य रहेको छ । तालिममा संस्थाले मोबाईल बैंकिङ कारोबारलाई प्रभावकारी बनाउन, सहभागिको मोबाईलमा पैसा राखेर प्रयोगात्मक अभ्यास समेत गराएको छ ।

त्यसैगरी स्थानिय महिलाहरुको कार्य बोज कम गरि नेतृत्व विकास र ब्यबसायमा जोड्दै डिजिटल माध्यमबाट कारोबार गरि आत्मनिर्भर बनाउने तालिमको थप उद्देश्य रहेको प्रशिक्षक चौधरीले जानकारी दिइन् ।

यस्तै तालिमको उदेस्य बिधुतीय माध्यम बाट कारोवार कसरी गर्ने ,आर्थिक आय आर्जनमा वृद्धि कसरी गर्ने,आम्दानि कसरी बाध्ने खर्च र आम्दानीको लेखाजोखा कसरी गर्ने भन्ने रहेको परीयोजनाका कार्यक्रम सयो अमित दुबाडीले बताउनुभयो ।

तालिममा दंगीशरणका १२ वटा ठाउँमा साक्षरता कक्षा समुन्नति परीयोजना दंगीशरण र शान्तिनगरकी सामाजिक परीचालक कल्पना खड्काले जानकारी दिनुभयो ।
तालिममा सहभागी महिलाहरुले अहिले स्मार्ट मोबाइल बाटै बिधुतीय कारोवार गर्न र धेरै कुरा मोबाइल एप्स बाटै गर्न सकिने भएको बताएकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो