January 17, 2025

दिपेश ढकाल
दाङ असार २१
तिहार,पुजा,पर्व र सजावटका प्रयोग हुने सयपत्री फुल जति सुन्दर देखिन्छ, यो त्यतिकै स्वास्थ्य उपयोगी पनि हुन्छ।फुलको पात र फुलको चिया खादा क्यान्सर,ह्र्दयरोग,स्ट्रोक आदिको सम्भावना कम तथा रगत शुद्ध,काटेको घाउ,आँखा र छालामा हुने विभिन्न समस्याका लागि पनि सयपत्री फुलले औषधिको काम गरेको पाइन्छ । त्यस्तै अपचका बिरामीका लागि पनि यसको रसले काम गर्ने गर्दछ। सयपत्री फुलको बारेमा पुरानो कथन के छ भने यसले मनुष्यको अहंकारलाई कम गर्छ र फुलको केसरी रङले त्याग र मायामोहको दुरिलाई दर्साउछ जसरी आत्मा कहिले पनि मर्दैन,केवल शरीरमात्र परिबर्तन गर्छ यसबाहेक घरको मुख्य ढोकामा सयपत्रीको फुलको तोरण लगाउने घरमा नकारात्मकता रहन पाउदैन भन्ने पनि गरिन्छ । सयपत्री फुलको बारेमा अर्को एउटा अर्को रोचक कुरा के छ भने यो फुल ओइलाउन अथावा सुक्न थाल्यो भने पनि सुगन्ध फैलिरहन्छ यसले के सन्देस दिन्छ भने तपाईं थाके पनि,निरास भए पनि आफ्नो धैर्यको बलमा आफ्नो लक्षलाई प्राप्त गर्न सक्नुहुनेछ।

उर्जा,प्रेरणाले भरिएको सयपत्री तिहारमा मात्र मालाको कारोबार १२ करोड रुपैयाँ बराबर हुने गरेको छ,यो सङै दसै तिहार गरेर फुलको कारोबार २० करोड रुपैयाँको हुने फ्लोरिकल्चर नेपाल एसोसिएसन जनाएको छ ! एसोसिएसनका अनुसार हरेक बर्ष साढे २ अर्ब भन्दा बढिको फुलको कारोबार हुँदै आएको छ! उपत्यकामा फुलमालाको माग बढी छ । तर उत्पादन हुने क्षेत्र भने सिमित छन । उपत्यका भित्र आबस्यक पर्ने फुल तथा माला यहिको उत्पादनले धान्दैन पहाडी जिल्लाहरु बाट यहाँ फुल ल्याउने गरिन्छ ।नेपालमा सयपत्रीको व्यावसायिकरण बढिरहदा पनि पर्याप्त उत्पादन नहुदा बिदेश बाट तिहारमा सयपत्री फुल भित्रिन्छ! फलोरिकल्चर एसोसिएसन नेपालका अनुसार भारत बाट आयातित फुलमा बिषादीहुने जनाएको छ । लामोदिन सम्म फुल ओइलिन नदिन ब्यापारीहरुले बिषादीको प्रयोग समेत गर्ने गरेको पाइन्छ फुल उत्पादन गर्ने बेलामा सिमित तरिकाले बिषादी त प्रयोग हुन्छ तर फुलमा धेरै बिषादी प्रयोग गर्दा त्यसले असर गर्छ माला अनुहार तथा गलामै पर्ने भएकाले फुल तथा मालामा बिषादी प्रयोग गर्दा असर गर्ने गर्दछ ।बिषादी प्रयोग गरेपछी केही दिनसम्म त्यसको प्रयोग गर्न मिल्दैन,ब्यापारीहरुले किरा लाग्न नदिन,ढुसी लाग्न नदिन बिषादीको प्रयोग गर्ने गर्दछन!

नेपालमा विभिन्न जातका सयपत्री लगाउदै गरेको पाइन्छ यद्यपि पछिल्लो समय सयपत्री ‘कर्मा ५५५’ जात कृषकहरुले एकदमै रुचाएको पाइन्छ यस बर्ष कर्मा ५५५ को बीउ दशैमा उत्पादन सुरु भएर तिहार सम्म बेच्न को लागि पहाडमा
बीउ राख्ने: असार २५-३० बिचमा
बिरुवा रोप्ने: श्राबन १५- २० बिचमा
तराइमा
बीउ राख्ने : श्राबन १-५ बिचमा
बिरुवा रोप्ने : श्राबन २०-२५ बिचमा उपयुक्त हुन्छ।
हर्सोउल्लास,सामाजिककार्य,तिहार चाडपर्व सङै घर,अँागन, बगैचा ,पार्क ,स्कुल निजि कार्यलयलाई फुलले सजावट गर्ने परम्परा बढिरहेको बेला आयातलाई न्यूनीकरण गरि आर्थिक समृद्धिका लागि स्वदेशि व्यावसायिकरणमा जोड दिन आबस्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो