April 19, 2026

बखरीया बस दुर्घटना: मृत्यु हुनेको संख्या २ पुग्यो, ३० भन्दा बढी घाइते

0

तुलसीपुर, २५ जेठ | तुलसीपुर खबर
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित बखरीयामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार, घटनामा दंगीशरण गाउँपालिका–२ की ३७ वर्षीया शान्ता खडका चौधरीको पनि मृत्यु पुष्टि भएको छ। यसअघि सोही ठाउँका ६५ वर्षीय नारायण भण्डारीको मृत्यु भएको थियो।

गोल्टाकुरीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर बखरीयामा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ३५ जना सवारी यात्रु घाइते भएका छन्।

घाइतेहरूको विवरण यस्ता छन्:

मनिषा बस्नेत (२५)

गोमा सार्की (५२)

मोतिसरा सुनार (६०)

सीता पुन (३४)

सीमा पुन (३२)

कमला नेपाली (२७)

शंकर नेपाली (८)

सुशान्त नेपाली (९)

नोखीराम बिक (४१)

कुशल बिक (४८)

ललिता सुनार (३२)

कमला नेपाली (४८)

अमृत कुशारी (४६)

पार्वती नेपाली (४५)

राजेश विक (१२)

प्रज्ज्वल परियार (१०)

भिमा वली (४४)

लक्ष्मी नेपाली (४३)

मन्दिका नेपाली (१०)

यशोदा बस्नेत (१५)

चुडामणी बिक (५४)

रोशन बिक (३३)

बालिका वली (४१)

घनश्याम बस्नेत (२४)

सूर्य नेपाली (४१)

ठाकुरप्रसाद गिरी (४८)

सीता कुशारी (२३)

सीता कुशारी (२२)

प्रिन्स कुशारी (४)

अनन्त किरण शर्मा (२३)

टीका घर्ती (१९)

नाम नखुलेकी ३१ वर्षीया महिला

दुर्घटनामा परेका घाइतेहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरिँदैछ। अस्पतालका अनुसार ४ जना घाइतेको अवस्था गम्भीर, १५ जना मध्यम र अन्यको सामान्य रहेको छ।

प्रहरीका अनुसार दुर्घटनाका थप विवरण र आवश्यक अनुसन्धान जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो