April 19, 2026

स्वाबलम्बन लघुबित्त धनौरीले गर्यो दंगीशरणमा बित्तीय साक्षरता तथा अन्तर्कृया ।

0

दंगीशरण जेठ १३

स्वाबलम्बन लघुबित्त वित्तीय सस्था लि. धनौरीले गर्यो दंगीशरणमा बित्तीय साक्षरता तथा अन्तर्कृया ।

स्वाबलम्बन लघुबित्त वित्तीय सस्था लि.साखा कार्यालय धनौरीले बित्ती साक्षरता तथा अन्तर्कृया कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न गरेकोछ ।स्वाबलम्बन वित्तीय सस्थाबाट दिइने सेवा सुबिधा,सस्थामा पहिले भएका निति नियम र परीमार्जित निति नियमहरुका वारे आफ्ना केन्द्र प्रमुख तथा सदस्यहरुका लागि एकदिने वित्तीय साक्षरता तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको हो ।दाङ जिल्लामा ५ वटा शाखा कार्यालयवाट सेवा सन्चालन गरेको लघुबित्तले ग्रामीण गरीव र पिछडिएको बर्गलाइ ऋणमा सजिलो पहुँच प्रदान गरीरहेको साखा कार्यालय धनौरीका साखा प्रमुख बिमल श्रेष्ठले बताए ।२०५८ साल माघ १ गतेदेखि आफ्नो विधिवत कारोबार सन्चालनमा ल्यायको लघुबित्तले २०५० साल देखिनै नेपालका सिराह सप्तरी र उदयपुरका जिल्लाका एक एक गा.वि.स.मा ग्रामीण पद्धतिमा आधारीत स्वाबलम्बन बैन्किङ कार्यक्रम मार्फत मार्फत सेवा अगाडि बढाएकोथियो ।

एकदिने बित्तीय साक्षरता तथा अन्तर्कृया कार्यक्रमको उद्घाटन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले घर घरमा उधम फैलाऔ गरीविलाइ सुन्य गरौ भन्ने उदेश्यसहित स्वाबलम्बन लघुबित्तले ग्रामीण भेगका न्युन आय भएका ब्यक्तीहरुलाइ स्थानिय पुजि ,स्वदेशि सिप र श्रम परिचालन गरी आय आर्जनका बिभिन्न क्रियाकलापहरुलाइ प्रवर्द्धन गर्न सहुलियत दरमा ऋण उपलब्ध गराएकोप्रती सस्थालाइ धन्यबाद ब्यक्तगरे ।अध्यक्ष गिरीले अहिलेको प्रविधिको युगमा प्रविधि अनुकुलित रुपान्तररी हुन अन्तर्कृया कार्यक्रमका सहभागीहरुलाइ आग्रहगरे ।अन्तर्कृया कार्यक्रममै बोल्दै दंगीशरण गाउँपालिका वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले ग्रामीण क्षेत्रका किसानहरुको सहजताका लागि लघुबित्तहरु अगाडि बढ्न शुझावदिए ।यस्तै इलाका प्रहरी कार्यालय हेकुलिका प्रमुख दिग्बिजय के.सि.ले आर्थिक तथा सामाजिक रुपमा बलियो बनाउन तथा थोरै पैसा बचतगरी भोलिको भविष्य सुनिश्चितका लागिपनि लघुबित्तम जोडिनुपर्ने बताए ।अन्तर्कृया कार्यक्रमको उदेस्यवारे स्वाबलम्बन लघुबित्त बित्तिय सस्था साखा कार्यालय तुलसिपुरका प्रवन्धक बाबुराम श्रेष्ठले कार्यक्रमको उदेश्यवारे प्रकाश पारेकथिय। वित्तीय साक्षरता तथा अन्तर्कृया कार्यक्रमको प्रशिक्षकमा राष्ट्र बैंकका पुर्व उपनिर्देशक उमा जोशि बोहरा रहेकिथिइन ।अन्तर्कृया कार्यक्रमको सहजीकरण साखा कार्यालय धनौरीका मेघराज अधिकारीले गरेकाथिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो