दंगीशरणमा ३ दिने दलित शसक्तीकरण तथा क्षमता विकास तालिम सम्पन्न ।

दंगीशरण चैत्र ३१
दंगीशरणमा ३ दिने दलित शसक्तीकरण तथा क्षमता विकास तालिम सम्पन्न ।
दंगीशरण गाउँपालिका महिला बालबालिका साखाको आयोजनामा आयोजित ३ दिने दलित सशसक्तीकरण तथा क्षमता विकास तालिमको दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएकोछ ।दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता तथा दंगीशरण गाउँपालिक अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा ३ दिनेव सशक्तीकरण तालिमको समापन गरीएको हो ।
समापन अवसरमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले समुन्नत दंगीशरण निर्माणका लागि सामाजिक तथा पमानवीय विकासलाइ महत्त्व दिदै अगाडि बढेको बताए ।
पछाडि परेको बर्गको उत्थान तथा शसक्तीकरण गराउनका लागि तालिमको आयोजना गरीएको उनको भनाइथियो ।
तालिममा सिकेको कुरालाइ ब्यबहारमा लागु गरी तालिमको औचित्य पुस्टी गरीदिन तालिमका सहभागीहरुलाइ अध्यक्ष गिरीको आग्रह गरीएकोथियो ।
सोहि अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले दलित शसक्तीकरण तथा क्षमता विकासका लागि पालिका महत्त्वका साथ बजेट विनियोजन गरीदै आएको जानकारी दिइन ।उपाध्यक्ष खड्काले महिला शसक्तीकरण र दलित शसक्तीकरणको क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आएको बताइन ।
यस्तै फेडोकी अध्यक्ष युवा कराराले दलित शसक्तीकरण र समाज रुपान्तरणका लागि अहिलेको स्थानीय सरकारले महत्त्वपूर्ण भुमिकामा रहेकोप्रती खुसि ब्यक्तगरिन ।कार्यक्रमकी सहभागी क्रान्ति परीयारले दलित सशक्तीकरणको क्षेत्रमा अझै बढि बजेट बिनियोजनगरी दलितहरुको उत्थान र शसक्तीकरणमा जोडदिन आग्रहगरिन ।
३ दिनसम्म चलेको तालिमको सहजीकरण महिलाबालबालिका साखा प्रमुख सुनकुमारी घर्तीले गरेकीथिइन ।