कृषिलाइ आधुनिकीकरणगरी कृषि तथा पशुपन्क्षिमा किसानलाइ आत्मनिर्भर बनाउछौ अध्यक्ष: गिरी
दंगीशरण चैत्र २६
कृषिलाइ आधुनिकीकरणगरी कृषि तथा पशुपन्क्षिमा किसानलाइ आत्मनिर्भर बनाउनु आजको प्रमुख आवस्यकता रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएकाछन ।दंगीशरण गाउँपालिकाको कृषि विकास रणनीति तथा योजना तर्जुमा सम्बन्धि २ दिने कार्यसाला गोष्ठीको समापनगर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले यस्तो बताएकाहुन ।समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिका कृषिमा आधारीत गाउँपालिका रहेकालेपनि आफुहरु गाउँपालिकाको समग्र पन्चवर्षिय कृषि रणनीतिक योजना निर्माणमा अगाडि बढेको बताए ।जतिसक्दो यहाँका किसानहरुलाइ अनुदानमा बिउ बिजन तथा यन्त्रीकरणका सामाग्री वितरणदेखि सर्बसुलभ परामर्श सेवाका लागि प्राविधिक सेवा वडास्तरबाटै दिदै आएको बताउने अध्यक्ष गिरीले दंगीशरणका सम्पुर्ण किसानहरुको हितका लागि चासोदिदै पालिकाले किसानमुखि कार्यक्रमहरु अगाडि बढाएको बताए ।

समापन अवसरमा बोल्दै दंगीशरण गाउँपालिका वडा न १ का वडा अध्यक्ष एबम गाउँपालिकाका प्रबक्ता रमेश भण्डारीले दंगीशरण गाउँपालिका किसानहरुको भुमि रहेकाले पनि आफुहरुले कृषिलाइ आधुनिकिकरणका साथ लग्न आवस्यक रहेको बताए ।

सोहि अवसरमा वडा न ३ का वड अध्यक्ष एबम आर्थिक विकास समितीका सयोजक शुकलाल चौधरीले किसानहरुको उत्थान तथा आर्थिक रुपमा टेवा पुर्याउनका लागि पन्चवर्षीय रणनीतिक योजनाले टेवा पुग्ने अपेक्षालिय ।

२ दिने पन्चवर्षिय कृषि रणनीतिक योजना निर्माण तथा सहजीकरणका लागि कृषि मन्त्रालयका पुर्व सचिव राजेन्द्र कुमार भारी र परामर्शदाता सुभाष ढकालको उपस्थिति रहेकोथियो ।कार्यक्रममा पालिकाभित्रका कृषि संजाल, कृषक, साखाप्रमुख, तथा बिभिन्न सरोकारवालाहरुको सहभागीता रहेकोथियो ।कार्यक्रमका सहभागीहरुले गाउँपालिकाभित्रका कृषि र पशुपन्क्षिमा आस्रित किसानहरुलाइ छिटो छरीतो र सर्वसुलभ तवरले सेवा प्रदान तथा माटो सुहाउँदो बालिनालि उत्पादनमा जोडदिन पन्चवर्षिय कृषि रणनीतिक योजना तथा कार्यसाला गोष्ठीले महत्त्वपूर्ण भुमिकाखेल्ने अपेक्षा लिएकाछन ।

दंगीशरण गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र नेपाल महिला सामुदायिक सेवाकेन्द्र दाङको सयुक्त साझेदारीमा संचालित कृषि पशु विकासमा आधारित सानाकिसान तथा युवा उधमसिलता विकास साझेदारी परीयोजना अन्तर्गत दंगीशरण गाउँपालिकाको कृषि विकास रणनीति तथा योजना तर्जुमा सम्बन्धि २ दिने कार्यसाला गोष्ठी दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएकोहो ।दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा २ दिनसम्म चलेको कार्यशाला गोष्ठीको सहजीकरण भिटा परीयोजनाकी दंगीशरण सयोजक गोमा भट्टराईले गरेकिथिइन ।