दंगीशरणको पहलमा पालिकाभित्रका अपाङ्गता भएका ब्यक्तीहरुलाइ लाखौका सामाग्री हस्तान्तरण ।

दंगीशरण चैत्र २५
दंगीशरणको पहलमा पालिकाभित्रका अपाङ्गता भएका ब्यक्तीहरुलाइ लाखौका सामाग्री हस्तान्तरण ।
दंगीशरण गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुका लागि जिबिकोपार्जन तथा जिबन रुपान्तरणका लागि आवस्यक सामाग्री तथा ३ वटा माउ बाख्रा वितरण गरेकोछ । पालिकाको पहलमा दंगीशरण गाउँपालिका वडा न ५ र वडा न ३ का २ जना अपांगता भएका ब्यक्तीलाइ जर्सि ओभरसिज ए.ड.को आर्थिक सहयोग तथा प्रेक्टिकल एक्सनको नेतृत्व ,डिप्रोक्स नेपालको सहकार्य तथा समुन्नति डिजिटल फाइनान्स परीयोजना अन्तर्गत परीयोजनामा आबद्व परीवार तथा सदस्यहरुमा उधमसिलता विकास गर्न सामाग्री तथा माउ बाख्रा बितरण गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।

सोमबार एक कार्यक्रमका विच दंगीशरण गाउँपालिका वडा न ५ की शिला के.सी. लाइ ४२ हजार बरावरका ३ वटा माउ बाख्रा बितरण गरीएकोथियो ।यस्तै वडा न ३ चखौराका अपांगता भएका ब्यक्ती लक्ष्मण चौधरीलाइ टेलरीङ सम्बन्धि आवस्यकपर्ने करीव १, लाख १, हजार १, सय बरावरका सामाग्री बितरण गरीएकोहो ।स्रोतकेन्द्र स्तरीय लक्ष्मण चौधरीलाइ प्रशिक्षकको रुपमा अगाडि बढाइ अन्य इच्छुक अपांगता भएका ब्यक्तीहरुकालागि समेत आफुहरुले कामगर्ने गरी अगाडि बढेको परीयोजनाका प्रतिनिधिहरुले बतायकाछन बितरण गरीयका सामाग्री तथा माउ बाख्राले अपाङ्गता भएका ब्यक्तीको जिबन रुपान्तरणमा टेवापुग्ने अपेक्षा लियकोछ यस अगाडी केहिदिन पहिले परीयिजनाले वडा न ६ का रुपलाल चौधरीलाइ कपाल काट्ने पसल संचालनका लागि १ लाखभन्दा बढिका आवस्यक सामाग्री वितरण गरीसकेकोछ ।

अपाङ्गता भएका ब्यक्तीहरुको जिबन रुपान्तरण एबम उधमसिलतामा जोड्न दंगीशरण गाउँपालिका निकै तदारुकताका साथ अगाडि बढेको गाउँपालिका अध्यक्ष शम्भु गिरीको भनाइछ ।आफु निरन्तर आफ्नो स्थानियतह भित्रका अपाङ्गता भएका ब्यक्तीलाइ आय आर्जन तथा उधमसिलतामा जोड्न गाउँपालिकाबाट हुने कार्यक्रम र बिभिन्न संघ सस्था तथा परीयोजनाहरुसङ्ग पहल गरीरहेको बताए ।अब कुनैपनि ग ” र घ” बर्गका अपाङ्गता सिपमुलक कार्यक्रममा जोडिन चाहे कोहिपनि खालि बस्ननपर्ने बताय ।
