April 25, 2025

महिलाहरूको अधिकार, आत्मनिर्भरता र समान अवसरका लागि दंगीशरण गाउँपालिका प्रतिबद्ध अध्यक्ष गिरी:

0

दंगीशरण फाल्गुन २४ 

महिलाहरूको अधिकार, आत्मनिर्भरता र समान अवसरका लागि दंगीशरण गाउँपालिका प्रतिबद्ध रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएकाछन,दंगीशरण गाउँपालिकाले “सवै महिला तथा बालबालिकाको लागि:अधिकार ,समानता र शशक्तीकरण ” भन्ने मुल नारासहित ११५ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरपारी दंगीशरण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष गिरीले यस्तो बताएकाहुन ।

अध्यक्ष गिरीले गाउँपालिकाले  शिक्षा, स्वास्थ्य, उद्यमशीलता र नेतृत्वमा महिलाहरूको सहभागिता बढाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्तगरे। अन्तर्राष्ट्रिय महिला दिवसले समाजमा महिला अधिकार र समानताको विषयलाई प्राथमिकतामा राख्न सबैलाई प्रेरित गर्ने विश्वास ब्यक्तगरे ।यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महिलाहरूको हक, अधिकार र समान अवसरको सुनिश्चितता गर्न गाउँपालिकाले विभिन्न नीतिगत तथा व्यवहारिक कार्यक्रमहरू अघि बढाउने बताइन । 

महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्यमशीलता कार्यक्रमहरूलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरीन ।लैङ्गिक समानतायुक्त गाउँपालिका निर्माणका लागि क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था एबम अधिकारकर्मीहरूलाई थप ऊर्जा र उत्साहका साथ कार्य गर्न आग्रह गरीन ।

महिला दिवसको अवसरमा बिभिन्न प्रतियोगिता समेत संचालन गरीएकोथियो ।जस अतर्गत लोकगित प्रतियोगिता,बक्तित्वकला प्रतियोगिता तथा बोत्तलमा पानी भर्ने प्रतियोगिता सम्पन्न गरीएकोथियो ।

जसमा लोकगित तर्फ ईश्वरी कडेल प्रथम ,रिमा के.सी द्दितिय, दिलमाया के.सि  तृतीय पार्वती खड्का सान्त्वना भएकाहुन 

बक्तित्वकला तर्फ चन्द्रकला वलि प्रथम ,पवित्रा डाङ्गी द्दितिय दिपासा गिरी तृतिय,र करुणा न्यौपाने सान्त्वना,भएकाहुन ।

त्यस्तै वोतलमा पानीभर्ने प्रतियोगितामा गिता रेग्मि प्रथम,सरीता कुमारी रावत द्दितिय,पवित्रा डाङ्गी गौतम तृतीय,र बर्षा नेपालि सान्त्वना भएकाछन ।

महिला दिवसकै अवसरपारी दंगीशरण गाउँपालिकाभित्रका उधमि महिलाहरुलाइ सम्मान गरीएकोछ ।वडा न १ बाट १०५ बर्षिय मौती थरुनि,वडा न ३ बाट प्रदेशि चौधरी,वडा न ३ बाट ज्योती अधिकारी, वडा न ६ बाट बिमला बादिलाइ नगद,दोसल्ला,र सम्म्मानपत्र सहित सम्मान गरीएकोहो ।

कार्यक्रम दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालिको उपस्थितिमा भएकोथियो ।महिलाबालबालिका साखा प्रमुख सुनकुमारी घर्तीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण साझेदारी परीयोजनाकी दंगीशरण संयोजक गोमा भट्टराईले गरेकिथिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो