April 25, 2025

आरम्भ चौतारी लघुवित्त शाखा हेकुलीले दियो आफ्ना सदस्यहरुका लागि व्यवसायिक कृषि तथा तरकारी खेती तालिम

0

दंगीशरण चैत्र ५

आरम्भ चौतारी लघुवित्त शाखा कार्यालय हेकुलीले दियो संस्थामा आवद्ध सदस्यहरुका लागि  व्यावसायिक कृषि तथा तरकारी खेती तालिम ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हेकुली दाङ्गले संस्थामा आवद्ध सदस्यहरुका लागि १ दिने व्यावसायिक कृषि तथा तरकारी खेती तालिम सम्पन्न गरेको छ।आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय हेकुलीका प्रमुख प्रतीभा शर्माको अध्यक्षता तथा दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको प्रमुख आथित्यतामा १ दिने व्यावसायिक कृषि तथा तरकारी खेती तालिम सम्पन्न गरीएको हो ।

तालिमको उद्घाटन गर्दै दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वलि खड्काले सदस्यको आयस्तर, क्षमता अभिबृद्धिका लागि गरेको तालिमको प्रसंशा गर्दै तालिममा सिकेको कुरालाई व्यबहारमा उतार्न तालिमका सहभागीहरुलाइ आग्रह गरिन ।

सोहि अवसरमा दंगीशरण गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकलाल चौधरीले तालिममा सिकेको कुरालाई व्यावहारमा  उतार्न र आत्मनिर्भर हुनका लागी सुझाव दिए । 

कार्यक्रमकै अर्का अथिती दंगीशरण गाउँपालिका वडा न ४ का वडाध्यक्ष कमल चौधरीले आरम्भ चौतारी लघुबित्तले गरेको व्यावसायिक कृषि तथा तरकारी खेती तालीमको लागि संस्थालाई बिशेष धन्यवाद दिदै लघुवित्तको बारेमा आएको अनावश्यक टीकाटिप्पणी गलत रहेको बताए । 

त्यस्तै  इलाका प्रहरी कार्यालय हेकुलीका कार्यालय प्रमुख दिग बिजय के. सी.ले आर्थिक आय आर्जन तथा आत्मनिर्भर हुनकालागि केहि न केहि लघुउधममा जोडिन आवस्यक रहेको बताए ।

तालीमको प्रशिक्षकको रुपमा दंगीशरण गाउँपालिकाका कृषि अधिकृत मान बहादुर डाङ्गी र जे.टी.ए.योगमाया कुवर रहेका थिय। तालिममा ६० जना सदस्यहरुको सहभागीता रहेकोथियो ।

संस्थाको लुम्बिनी प्रदेश अन्तर्गतका कार्यक्रम अधिकृत गीता राउतले तालिमको उदेश्य सहित स्वागत गरेकिथिइन भने  कार्यक्रमको सहजीकरण कार्यालयका कर्मचारी नबिना डिस्वाले गरेकिथिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो