स्थानिय वन महासंघ दंगीशरणको परिषद भेला दंगीशरणमा सम्पन्न
दंगीशरण माघ २०
स्थानिय बन महासंघ दंगीशरण गाउँपालिकाको आयोजना तथा हाम्रो राजाकोट बहुउदेश्य सहकारी सस्था लिमिटेडको सहकार्यमा “बनको दिगो ब्यबस्थापन र सामुदायिक अधिकार समाबेशि शुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने मुल उदेश्यकासाथ सामुदायिक बन उपभोक्ता महासंघ नेपाल स्थानिय वन महासंघ दंगीशरणको परिषद भेला दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएकोछ ।

परीषद भेलामा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बनलाइ समुदायमा हस्तान्तरण नगर्दै गर्दा बनको बिनाश र बन सकिने अवस्थामा रहेकोमा जव समुदायमा बन हस्तान्तरण भयो तवमात्र बन हराभरा भएको बताए ।अध्यक्ष गिरीले उपभोक्ता समुहरुले लेखापरीक्षण र साधारणसभामा नियम संबत तवरले अगाडि बढ्नुपर्ने बताए ।दंगीशरणमा २८ वटा बन रहेकोमा २२ वट कृतिम बन र ६ वटा प्राकृतिक वन रहेको जानकारीदिय ।अर्को प्रसङ्गम अध्यक्ष गिरीले बन ब्यबस्थापन गर्दैगर्दा आर्थिक लाभहुने खालका कार्यमा जोडदिन उपभोक्ता समुहरुलाइ आग्रहगरे ।आफुहरुले आफ्नो स्थानियतहका नागरिकलाइ उधमिबनाइ आय आर्जनमा जोडि आत्मनिर्भर बानाउने किसिमका कार्यक्रमहरुलाइ अगाडि वढाएको बताए ।
सोहि अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले बन ऐन आउदो हिउदे अधिबेशनबाट बृहत छलफलगरी पारीतगर्ने तयारीमा रहेको बताइन ।सामुदायिक बनमा बाशखेती गर्नेहोभने वडा न १ उचितहुने जहाँ बन्यजन्तुले बालिनालिमा क्षेती पुर्याइरहेकावेला बासखेती फलदायीहुने उपाध्यक्ष खड्काको भनाइथियो ।

यस्तै परीषद भेलामा बोल्दै जिल्ला बन महासंघ दाङका अध्यक्ष हरी प्रसाद भुषालले सामुदायिक बन उपभोक्ता समुहको नियमित साधारणसभा देखि लियर उपभोक्ता समुहको कार्य योजना अनुसार अगाडि बढ्न आग्रहगरे ।
सामुदायिक बन उपभोक्ता समुहले अनिवार्य रुपमा पान नम्बर लिनुपर्ने र ३ बर्षसम्मको अडिट रिपोर्ट सहित फाल्गुण मसान्तसम्म अनिवार्य काम गरीसक्न निर्देशनदिय ।बनउपभोक्ता समुहरु अबिवार्य रुपमा स्थानियतहमा सुचिकृत हुनुपर्ने उनको भनाइथियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालि,कार्यपालिका सदस्य मिना चौधरी लगायतले आ आफ्नो भनाइ राखेकाथिय ।भेलामा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष तथा प्रतिनिधिहरुले आफुलाइ परेका समस्याहरुकोवारे जानकारी गराएकाथिय ।

परीषद भेला बन महासंघ दंगीशरणका अध्यक्ष शोभाकर न्यौपानेको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का र गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालिको बिशिस्ट आथित्यतामा भएकोथियो ।कार्यक्रमको सहजीकरण राजाकोट बहुउद्देश्यीय सहकारी सस्थाका प्रमुख चक्रमिलन बिश्वकर्माले गरेकाथिय ।