February 15, 2025

सातौ दंगीशरण गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधि बिरेन्द्र नमुना मा.वि हेकुलिले जित्यो ।

0

दंगीशरण माघ १८

सबै कार्यको सफलताका लागि प्रमुख तत्व शिक्षा रहेकाले गुणस्तरीय शिक्षाका लागि सवै लाग्नुपर्ने दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले यस्तो बताएकाहुन ।दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र नमुना माध्यमिक विधालाय हेकुलिको ब्यबस्थापनमा बुधबारदेखि शुरुभएको  ७ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको समापनगर्दै अध्यक्ष गिरीले यस्तो बताएकाहुन ।खेलकुदले बालबालिकाको स्वास्थ्य र समग्र विकाशमा सहयोग पुर्याउने भएकाले खेलकुदलाइ अनुसासन र लगनशीलताका साथ अगाडि लैजानुपर्ने बतएकाछन ।

यस्तै अध्यक्ष गिरीलेआफुहरु निर्वाचित भएर आयपस्चात सबैको सम्मानका लागि कार्यक्रमहरु गर्दै आएको बताए ।भौतिक पुर्वाधार र मानविय बिकाशलाइ सङ्गै अगाडी लगेको बताउने अध्यक्ष गिरीले खेलकुदको बिकाश र युवाहरुको ब्यक्तीत्व विकास र सारिरीक मानसिक बिकासका लागि खेलकुद महत्त्वपुर्ण रहेको बताए ।

यस्तै समापन समारोहमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले खेलकुदले विद्यार्थीको सर्बाङ्गिण बिकाशमा ठुलो सहयोग पुग्ने बताइन ।उपाध्यक्ष खड्काले खेलकुद सङ्गै  अनुशासन र लगनशीलतालाइ विशेष ध्यानदिक आग्रह गरीन ।

बुधबार सहिद दिवसको अवसरपारी आयोजित रनिङ सिल्ड प्रतियोगीताको शुक्रबार औपचारिक कार्यक्रम सहित समापन गरीएको हो ।दंगीशरणका सस्थागत र सामुदायिकगरी ९ वटा बिधालय रनिङ शिल्डमा सहभागीथिय ।३ दिनसम्म चलेको रनिङ शिल्ड्मा ३ रजत ५ कास्य र १९ स्वर्ण सहित बिरेन्द्र नमुना माध्यामिक विधालय हेकुलि प्रथम,३ कास्य ९ रजत र ४ स्वर्ण सहित सिद्ध पृथ्वी जनता माध्यामिक विधालय

श्रीगाउँ द्दितिय, र ३ कास्य,३ रजत,र ४ स्वर्ण सहित ज्ञानोदय इङलिस बोर्डिङ स्कुल तृतिय भएको शिक्षा युवा तथा खेलकुदसाखा दंगीशरणका प्रमुख बिनोद अधिकारीले जानकारीदिए ।

समापन कार्यक्रममा कर्यपालिका सदस्य टंकी भण्डारी,श्रीधर शर्मा,गाउँपालिकाक प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालि ।वडा न १ का वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता रमेश भण्डारीले आ आफ्नो भनाइ राखेकाथिय ।कार्यक्रमको सहजिकरण बिरेन्द्र नमुना माध्यमिक विधालय हेकुलिका शिक्षक दिनेश रेग्मिले गरेकाथिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो