सरकारको मात्रै मुख नताकि स्थानीयहरु आफै जनश्रमदानमा जुट्नुपर्ने दंगीशरण ४ सरैयाका स्थानियको भनाइ
दंगीशरण फाल्गुन ७
दंगीशरण गाउँपालिका वडा न ४ सरैयाका स्थानियहरु सरकारको मात्रै मुख नताकि स्थानीयहरु आफै जनश्रमदानमा जुट्नुपर्ने उदाहरण प्रस्तुत गरेका छन् । बुधवार स्थानियहरुको सक्रियतामा गाउँमा रहेको सिवालय मन्दिरको पलस्तर तथा सरसफाइ गरेका हुन् । स्थानियहरुले गाउँमा सक्रियताका साथ २० हजार रकम संकलन गरी स्थानीय आफै जागरुक हुनुपर्ने उदाहरण प्रस्तुत गरेका हुन ।

शिवालय मन्दिर व्यबस्थापन समितिका अध्यक्ष डम्बर लाल अधिकारीको सकृयतामा गाउँका करीव ३५/४० जना स्थानियहरुको सहभागीतामा मन्दिर पलस्टर तथा सरसफाइ गरीएको स्थानीय खुमलाल भण्डारीले जानकारी दिए ।