दंगीशरणले मनायो ६३ औं राष्ट्रिय नर्सिङ दिवस
दंगीशरण माघ १६
“आजको आवस्यकता नर्सलाइ सुरक्षित र सम्मानजनक कार्यब्यबस्था “भन्ने मुल नाराकासाथ दंगीसरण गाउँपालिका स्वास्थ्यसाखाले ६३ औं राष्ट्रिय नर्सिङ दिवस बिबिध कार्यक्रमको आयोजनागरी मनाएकोछ ।
दिवसको उद्घाटन गर्नुहुदै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सवैलाइ सम्मान गर्नुपर्दछ भन्ने उदेश्यकासाथ आफुहरु निर्वाचित भएर आयपस्चात निरन्तर नर्सिङ पेशामा संलग्न नर्शहरुका लागि बजेट बिनियोजन गर्दैआयको र नर्सिङ दिवस मनाउन थालिएको बताए ।२४ घण्टा विरामिको सेवामा तल्लीन नर्सहरुका लागि दिइने सेवासुविधा कुनै कन्जुस्याइँ नगरिने बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले बिरामिको स्वास्थ्य स्वस्थ राख्न अहम भुमिकामा रहेतापनि नर्सिङ पेशा सम्मानजनक र सुरक्षित हुन नसकेकोप्रती गुणासो ब्यक्तगरिन।
दिवसको अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालि,पतन्जलि योग समिती लुम्बिनी प्रदेश सदस्य प्रेम शाह,लगायतले आ आफ्नो भनाइ राखेकाथिय ।
दिवसकै अवसरमा कुर्सी दौड प्रतियोगिता र घैटाफोड प्रतियोगिता समेत सम्पन्न गरीएकोथियो ।जसअन्तर्गत घैटोफोड प्रतियोगीतामा कौशिला के.सि.प्रथम,कुर्सी दौड प्रतियोगीतामा रेणुका चौधरी प्रथम,सुनकुमारी घर्ती दितिय,र जानकि थापा तृतीय भएकाथिय ।

कार्यक्रम गाउँपालिकाका सिनियर अनमि कौशिला के.सि.को अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा भएकोथियो ।
राधा शर्माको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका स्वास्थ्यसाखा प्रमुख प्रदिप योगिले गरेकाथिय ।