February 15, 2025

खेलकुदलाइ अनुशासन सङ्ग जोडौ : पुर्व सिचाइमन्त्री गिरी

0

दंगीशरण माघ १६ 

सबै कार्यको सफलताका लागि प्रमुख तत्व शिक्षा रहेकाले गुणस्तरीय शिक्षाका लागि सवै लाग्नुपर्ने नेपाल सरकारका निवर्तमान सिचामन्त्री तथा प्रतिनिधिसभा दाङ क्षेत्र न ३ का संघीय सांसद दिपक गिरीले यस्तो बताएकाहुन ।दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र नमुना माध्यमिक विधालाय हेकुलिको ब्यबस्थापनमा आयोजित ७ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अथिती गिरीले यस्तो बताएकाहुन ।खेलकुदले बालबालिकाको स्वास्थ्य र समग्र विकाशमा सहयोग पुर्याउने भएकाले खेलकुदलाइ अनुसासन र लगनशीलताका साथ अगाडि लैजानुपर्ने बतएकाथिय ।अर्को प्रसङ्गमा प्रमुख अथिती  गिरीले खेलकुदको माध्यमबाट देशलाइ बिस्वसामु चिनाउने गतिलो माध्यम भएकाले खेलकुदको विकाशका लागि आफु सदैब सकारात्मक रहेको बताए ।

उद्घाटन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुहरु निर्वाचित भएर आयपस्चात सबैको सम्मानका लागि कार्यक्रमहरु गर्दै आएको बताए ।भौतिक पुर्वाधार र मानविय बिकाशलाइ सङ्गै अगाडी लगेको बताउने अध्यक्ष गिरीले खेलकुदको बिकाश र युवाहरुको ब्यक्तीत्व विकास र सारिरीक मानसिक बिकासका लागि खेलकुद महत्त्वपुर्ण रहेको बताए ।

रनिङ शिल्ड उद्घाटन कार्यक्रममा बालरोग विशेषज्ञ डा.किशोर खत्री,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालि,गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का लगायतले आ आफ्नो भनाइ राखेकाथिय ।

बुधबार सहिद दिवसको अवसरपारी आयोजित रनिङ सिल्ड प्रतियोगीता १८ गतेसम्म चल्ने शिक्षा युवा तथा खेलकुद साखा दंगीशरणका प्रमुख बिनोद अधिकारीले बताएकाछन ।दंगीशरणका सस्थागत र सामुदायिकगरी ९ वटा बिधालय रनिङ शिल्डमा सहभागी भएकाछन ।बिरेन्द्र नमुना माध्यमिक विधालय हेकुलिका शिक्षक मनोज के.सि.को स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण बिरेन्द्र नमुना माध्यमिक बिधालय हेकुलिका शिक्षक दिनेश रेग्मीले गरेकाथिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो