April 17, 2026

आफ्ना पालिकावासीको स्वास्थ्य स्वस्थ राख्न कुनै कसर बाकि नराख्ने : अध्यक्ष गिरी

0

oplus_0

दंगीशरण माघ १२

आफ्ना जनताको स्वास्थ्य अवस्था स्वस्थ राख्न कुनैपनि कसर बाकि नराख्ने दंगीसरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएकाछन ।दंगीशरण गाउँपालिकाको समन्वय,लायन्स क्लब दाङ इसानको आयोजना तथा राप्ती लाइफ कियर हस्पिटल तुलसिपुरको प्राविधिक सहयोगमा आयोजित एकदिने निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले यस्तो बताएकाहुन ।भौतिक पुर्वाधार सङ्गै मानविय बिकाशलाइ उत्तिकै महत्त्वका साथ अगाडि बढाएका अध्यक्ष गिरीले आफु निर्वाचित भएदेखि मानविय बिकाशका थुप्रै कामहरु अगाडि बढाएको बताए ।अर्को प्रसङ्गमा अध्यक्ष गिरीले १५ सैयाको अस्पताल सन्चालन गरीसकेको र सम्पुर्ण पालिकाका नागरीकलाइ स्वास्थ्यविमा मा जोड्न आफु लागि परेको र औषधि खरीदको लागि इभिडिङ सहित सम्पुर्ण प्रक्रिया पुराभएको बताए ।

सोहि अवसरमा बोल्दै राप्ती लाइफ क्यर हस्पिटल प्रा.लि.का निर्देशक जिबन भण्डारीले सामाजिक उत्तरदायीत्व अन्तर्गत दंगीसरणमा धेरैपटक निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरीसकेको जानकारीदिए ।दंगीशरण र दगीशरणका जनताको स्वास्थ्यप्रती आफुहरु गम्भिर रहेको र पालिकासङ्ग सम्झौता गरेर नागरीहरुको औषधि उपचारमा १५ देखि २० प्रतिशत छुट दिन आफुहरु तयार रहेको बताए ।

दंगीशरण ३ मा रहेको वास्थ्य चौकि हेकुलिमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा नशा तथा हाडजोर्नि रोग बिशेषज्ञ निभाष सर्मा,जनरल फिजिसियन डा.मुक्तिनाथ थापा,जनरल फिजिसियन डा. बिनोद राणा,मेडिकल अफिसर डा.भुषण भण्डारीले शिवीरमा सेवा दिएकाथिय ।शिविरमा १४६ जना महिला र ५७ जना पुरुषगरी २०३ जनाले विशेषज्ञ सेवा लिएको स्वास्थ्यचौकि हेकुलिका प्रमुख प्रल्हाद चौधरीले जानकारीदिए ।स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगिको स्वागत मन्तब्यबाट शुरुभएको निशुल्क स्वास्थ्य शिविरको औपचारिक कार्यक्रमको सहजीकरण गाउँपालिकका प्रेश सयोजक प्रमोद आचार्यले गरेकाथिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो