April 17, 2026

दंगीशरण ३ को एकलिमा योगहल भवनको सिलन्यास

0

दंगीशरण माघ १०

दंगीशरण ३ को एकलिमा योगहल भवनको सिलन्यास गरीएकोछ ।बिहिवार  एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिका बाट बिनियोजित १० लाख रुपैयाबाट निर्माण हुन लागेको योगहलको गाउँपालिका अध्यक्ष शम्भु गिरी र वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले विधिबत रुपमा भवको  सिलन्यास गरेकाहुन ।

भवन सिलन्यास गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सारीरीक र मानसिक स्वास्थ्यका लागी योग अपरीहार्य रहेको बताए ।पछिल्लो समय मानसिक रोगिको संख्यामा वृद्धि हुदै गएकोप्रती दुख ब्यक्त गर्दै मानसिक स्वास्थ्यलाइ स्वस्थ राख्न योगमा जोडिन आवस्यक रहेको बताए ।अहिले सिलन्यास गरेको योगहल योगका लागी मात्र नभइ दंगीशरण ३ मा हुने हरेक सार्वजनिक कार्यक्रम गर्नकालागी समेत रहेको अध्यक्ष गिरीले जानकारीदिए ।

यस्तै भवन सिलन्यास गर्दै वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले सिलन्यास हुदै गरेको भवनले आम नगारीकलाइ सहजहुने अपेक्षा लियको बताउनुभयो ।

कार्यक्रममा पतन्जलि योग समिती दाङका जिल्ला सह प्रभारी बिनोद चौधरीले पनि योगको फाइदा र यसको महत्त्वबारे प्रस्ट पार्नु भएकोथियो । 

योगहल सिलन्यास कार्यक्रम भवन निर्माण उपभोक्ता समितीका अध्यक्ष चेतलाल वलिको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएकोथियो ।

कार्यक्रममा पुर्व जि.बि.स सभापाती भरत के.सि.पतन्जलि योग समितीका प्रल्हाद शाह,यम बझादुर खत्री,राधा रजौरे लगायतले आ आफ्नो भनाइ राखेकाथिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो