दंगीशरण गाउँपालिकाले आयोजना गरेको २ दिने माघि मघौटा म्याला सम्पन्न ।
दंगीशरण पौष २६
दंगीशरण गाउँपालिकाले आयोजना गरेको २ दिने माघि मघौटा म्याला सम्पन्न ।
दंगीशरण गाउँपालिकाको आयोजनामा २६ र २७ गते शनिबार सम्म चलेको २ दिने माघि मघौटा म्याला २०८१ को सनिवार एक कार्यक्रमकाविच समापन गरीएकोछ ।शुक्रबार पुर्व सिचाइ मन्त्री दिपक गिरीले थारु सस्कार अनुसार निश्राउ दिएर उद्घाटन गरेको मघौटा म्यालको शनिबार मघौटा म्याला मुल आयोजक समितीका सयोजक शुकलाल चौधरीले औपचारिक समापन गरेकाहुन ।

मघौटा मेलाको समापन कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुले हरेक जातजातीको समानगर्दै अगाडी बढेको बताउनुभयो ।थारुजाती सस्कृती र शष्कारको खानि रहेको उनले बताए ।आफु निर्वाचित भएर आएपस्चात थारुजातीहरुका लागि धेरैजसो लाग्ने रोग सिकलसेल एनेमियाको लागि गतवर्ष ५ लाख बजेट बिनियोजन गरेको र यस अर्थिक बर्षमा समेत २ लाख बजेट बिनियोजन गरेको जानकारी गराए ।अर्को प्रसङ्गमा अध्यक्ष गिरीले आफुले भौतिक पुर्वाधारलाइ पनि सङ्ग सङ्गै जोडदै हरेक जातजातीको सम्मान सहित मानविय बिकासमा समेत उत्तिकै जोडदिएको बताए ।
यस्तै समापन अबसरमा बोल्दै कार्यक्रमका बिशिस्ट अथिति गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले थारु बाहुल्यता रहेको आफ्नो पालिकामा थारुजातीको सम्मानका लागि हरेक बर्ष बजेट बिनियोजन गर्दै आएको जानकारीदिइन ।थारुजातीको महानपर्व तथा नयाँ बर्षको अवसरमा माघिको सुभकामना समेत ब्यक्तगरीन ।

शुक्रबार र शनिवार २ दिनसम्म चलेको माघि मघौटा म्यालामा थारु जातीहरुको इतिहास र सस्कार झल्कने सामाग्रीहरु समेत प्रदर्शन गरीएकोथियोब ।मघौटा मेलामा दंगीशरण गाउँपालिकाभित्र स्थानिय स्तरमा उत्पादित कच्चापदार्थ बाट निर्मित स्थानीय हस्तकलाहरु समेत राखिएकोथियो ।यस्तै थारुजातीका पुराना पुरान पैया नाच,लठ्ठवा नाच,कठगोरी नाच ,ढोलाहा नाच,सख्या नाच,लगायतका ७ वटै वडाबाट आएका करीव ३५ बढि नृत्यहरु समेत प्रस्तुत गरीएकोथियो ।
मघौटा मेलाको दोस्रोदिन शनिबार स्थानिय तथा राष्ट्रिय कलाकार रोशन रत्गैया,अन्जु चौधरी,श्याम चौधरी जेबिका रेउले लगायत अन्य स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती राखेकाथिय ।मघौटा मेलाका प्रमुख सल्लाहकार वडा न ६ का वडा अध्यक्ष तथा सामाजिक विकाश समितीका सयोजक रोशन जंग शाह रहेकाथिय भने मेला सफल पार्न शुकलाल चौधरीको सयोजकत्वमा बिभिन्न उपसमिती समेत गठन गरीएकोथियो ।

मघौटा म्यालाको समापन कार्यक्रम मघौटा म्यलाका सयोजक शुकलाल चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा २ दिने मघौटा मेलाको औपचारिक कार्यक्रम समापन गरीएकोहो । कार्यक्रमको सहजिकरण गाउँपालिकाका कम्प्युटर अपरेटर मस्तविर चौधरीले गरेकाथिय ।