थारुजाती लोकतान्त्रिक,बैज्ञानिक सस्कृती र परम्पराको खानि:पुर्व सिचाइमन्त्री गिरी ।
oplus_0
दंगीशरण पौष २६
थारुजाती लोकतान्त्रिक,बैज्ञानिक,सस्कृती र परम्पराको खानि रहेको दाङ क्षेत्र न ३ प्रतिनिधिसभा सदस्य दिपक गिरीले बताएकाछ्न ।दंगीशरण गाउँपालिकाको आयोजनामा २६ र २७ गते चल्ने २ दिने माघि मघौटा म्याला २०८१ को शुक्रबार एक कार्यक्रमकाविच उद्घाटनगर्दै पुर्व सिचाइ मन्त्री गिरीले थारु सस्कार अनुसार निश्राउ दिएर मघौटा मेलाको उद्घाटन गरेकाहुन
।

उद्घाटन अवसरमा बोल्दै गिरीले आफु निर्वाचनमा नेपालि काङ्ग्रेसको चुनाव चिन्ह रुखबाट चुनाव लडेपनि निर्वाचनबाट निर्वाचित भएपस्चात समग्र दाङ क्षेत्र न ३ को साझा बिकाशका लागि अगाडि बढेको बताए ।आफ्नो क्षेत्रमा पहिलेदेखि सिचाइका लागि किसानहरुले बाध तथा कुला लाग्नका लागि झ्याला बोक्नुपर्ने प्रथाको अन्त्यगर्दै दाङमा तटबन्ध तथा पक्कि बाधहरुको शुरुवात गरेको दावीगरे ।अर्को प्रसङ्गमा प्रमुख गिरीले आफु छोटो समयमा सिचाइ मन्त्री हुदा दाङको सिचाइको बृहत्तर विकाशका लागि बृहत्तर दाङ् सिचाइ योजना स्थापना गर्न सफल भएको र यहाँको सिचाइ सम्बन्धि समस्याको अन्त्यगर्न मदत पुगेको बताए ।
आफ्नो क्षेत्रमा बजेट परेका योजनाहरुको ठेकेदारको लापरबाहीले सम्पन्न हुन नसकेका योजनाहरु कार्यान्वयन गराउनतर्फ आफु लागेको समेत बताए ।करीब २० मिनेट बोलेका संविधानसभा सद्स्य गिरीले किसान र बेरोजगार युवाहरुको पक्षमा आफुले सदैब सदनमा आवाज उठाउदै आएको समेत जानकारी गराए
।

शुक्रबार र शनिवार २ दिन चल्ने माघि मघौटा म्यालामा थारु जातीहरुको इतिहास र सस्कार झल्कने सामाग्रीहरु समेत प्रदर्शन गरीएको छ ।मघौटा मेलामा दंगीशरण गाउँपालिकाभित्र स्थानिय स्तरमा उत्पादित कच्चापदार्थ बाट निर्मित स्थानीय हस्तकलाहरु समेत राखिएकोछ ।यस्तै थारुजातीका पुराना पुरान पैया नाच,लठ्ठवा नाच,कठगोरी नाच ,ढोलाहा नाच,सख्या नाच,लगायतका ७ वटै वडाबाट आएका करीव ३५ बढि नृत्यहरु समेत प्रस्तुत गरीएकोथियो ।
मघौटा मेलाका प्रमुख सल्लाहकार वडा न ६ का वडा सदस्य तथा सामाजिक विकाश समितीका सयोजक रोशन जंग शाह रहेकाछ्न भने मेला सफल पार्न शुकलाल चौधरीको सयोजकत्वमा बिभिन्न उपसमिती समेत गठन गरीएकोछ ।

मघौटा म्यलाका सयोजक शुकलाल चौधरीको अध्यक्षता, पुर्व सिचाइ मन्त्री तथा प्रतिनिधिसभा सदस्य दिपक गिरीको प्रमुख अथित्यता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको बिशिस्ट आथित्यतमा मेलाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएकोहो ।दंगीशरण गाउँ कार्यपालिका सदस्य मिना चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण गाउँपालिकाका कम्प्युटर अपरेटर मस्तविर चौधरीले गरेकाथिय ।