दंगीशरण २ को सरुवाडाडामा बाल मुटुरोग परीक्षण शिविर सम्पन्न ।
दंगीशरण पौष ४
मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगन्ज काठमाडौको आयोजना तथा दंगीशरण गाउँपालिका दाङको समन्वयमा बाल मुटुरोग परीक्षण कार्यक्रम दंगीशरण गाउँपालिका वडा न २ को ज्ञानोदय इङलिस बोर्डिङ स्कुल सरुवाडाडामा सम्पन्न भएकोछ । दाङका ४ वटा विद्यालयमा शिविरगर्न आएको टोलिले दाङको रक्षाचौर स्कुल र जस्पुरमा रहेको चन्द्रोदय इङलिस बोर्डिङ स्कुलमा शिवीर सम्पन्न गरीसकेको छ । यस्तै बिहिवार दंगीशरण २ को ज्ञानोदय इङलिस बोर्डिङ स्कुलमा सम्पन्न गरेको डाक्टर सहितको टोलीले शुक्रबार दंगीशरण ७ को सिद्ध पृथ्वी जनता माध्यमिक विधालय श्रीगाउँमा शिवीर गरीने डा किशोर खत्रीले जानकारीदिनुभयो । शिवीरमा मुटुरोग विशेषज्ञ तथा कार्डियोलिजि बिभाग प्रमुख डा. चन्द्रमणिपौडेल,बालरोग विशेषज्ञ डा.किशोर खत्री सहित तुलसि बाल अस्पतालका डाक्टर तथा नर्सहरुले इकोलाइजर बिधिबाट बिद्यार्थीहरुको मुटु सम्बन्धि समस्याको चेकजाच गरेकाथिय ।बिहिवार शिविरको उद्घाटन दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले गरेकाथिय । वडा न २ का वडा अध्यक्ष डम्बर खत्रीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख अथित्यता गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का ,मुटुरोग विशेषज्ञ तथा कार्डियोलिजि बिभाग प्रमुख डा. चन्द्रमणिपौडेल र बालरोग विशेषज्ञ डा.किशोर खत्रीको बिशिस्ट आथित्यतामा शिविर सम्पन्न भएकोथियो ।शिविरमा समस्या देखापरेका विद्यार्थीहरुलाइ डाक्टरको सिफारिसमा निशुल्क रुपमा औषधिको ब्यबस्था मिलाइने मुटुरोग विशेषज्ञ डा.चन्द्रमणि पौडेलले बताए ।