दाङको तुलसीपुरमा श्रीमानद्वारा श्रीमतिको हत्या
दाङको तुलसीपुरमा श्रीमानद्वारा श्रीमतिको हत्या
पुस ३ / दाङमा समान्य विवादमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। तुलसीपुर उपमहानगरपालिका २ भम्के निबासी अन्दाजी २९ वर्षिया चित्र बहादुर बुढाथोकिले अन्दाजी ३२ बर्षीया हस्ति कुमारी बुढाथोकीको हत्या गरेका हुन्।समान्य विवादमा बुधबार बिहान १० बजेतिर चित्र बहादुरले श्रीमतीलाई दाउले टाउकोमा हिर्काउदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रबक्ता प्रकाश थापाले जानकारी दिएका छ्न।श्रीमतीको मृत्यु भएपछि फरार रहेका चित्र बहादुरलाई तुलसीपुर ७ स्थित कारागार नजिकैबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।