स्वस्थ समाज निर्माणका लागि पोषणयुक्त आहारको आवस्यक : अध्यक्ष गिरी ।
दंगीशरण मङ्सिर २०
समृद्ध समाजको आयोजना,सहकर्मि समाजको प्राविधिक सहयोग,तथा विकाश कोष नर्वेको आर्थिक सहयोगमा पोषणमेला दंगीशरण ४ को वैबाङमा सम्पन्न भएकोछ ।
समृद्ध समाजकि अध्यक्ष दिल कुमारी बि.क .को अध्यक्षता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा पोषण मेला सम्पन्न भएकोहो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले पछिल्लो समयमा सन्तुलित खाना र पोषणयुक्त खानाको आबस्यकता रहेको बताउनुभयो ।स्वस्थ समाज निर्माण र दक्ष जनशक्ति उत्पादनका लागि पनि पोषणयुक्त आहारमा ध्यान दिनुपर्ने अध्यक्ष गिरीको भनाइछ ।आफुहरुलेपनि गाउँपालिकाबाट स्वास्थ्यका कार्यक्रमहरु मार्फत पोषणका कार्यक्रमहरु संचालन गरीरहेको बताउनुभयो ।

पोषण मेलाको कार्यक्रम बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले कुपोषणहुने प्रमुख कारण बाल बिबाह पनि रहेको बताउनुभयो । कुपोषणलाइ निर्मुलगर्न बालबिबाह अन्त्यका लागि जनचेतना फैलाउनु आजको आवस्यकता रहेको उहाँको भनाइथियो ।
पोषण मेलामा खानाका प्रकार,शक्तिदिने खाना ,वृद्धि र विकासका लागि चाहिने खाना,र सुरक्षा दिने खानाहरुको प्रदर्शनगरी बुझाइएकोथियो ।हरेकवार खाना चारको सिद्धान्तलाइ दैनिक जिबनमा अनिवार्य लागुगर्नुपर्ने बोल्ने बक्ताहरुको भनाइथियो ।
समृद्ध समाजकि भिष्मा बिसिले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियोभने कार्यक्रमको सहजीकरण समृद्ध समाजकि राजकुमारी चौधरीले गर्नुभएकोथियो ।