दंगीशरणको फुकेसल्ली जाने सडक मर्मत, तल्लो मलइसम्म जोडियो
तुलसीपुर, १२ कात्तिक । दाङको फुकेसल्ली जोड्ने सडक मर्मत गरिएको छ । बर्षाले बिग्रीएर ठप्प रहेको सडक अहिले मर्मत गरिएको हो । दंगीशरण–१ को बाँकी हुदै फुर्केसल्ली जोड्ने सडक मर्मतको काम सकिएको वडाअध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बबई गाउँपालिका–७ को तल्लो मलईसम्म सडक जोडिएको छ । दंगीशरण–१ को कालितरा हुदै बबईको मलईसम्म झण्डै १ दशक भन्दा पहिले नया ट्रयाक खोलिएको थियो । त्यसपछी मर्मत नगर्दा पुर्ण रुपमा बन्द रहेको सडकलाई अहिले खुलाइएको वडाअध्यक्ष भण्डारीले बताउनुभयो ।
यही कात्तिक ८,९,१० र ११ गते अर्थात ४ दिनसम्म ३ वटा जेसिभि लगाएर सडक मर्मतको काम गरिएको उहाँले बताउनुभयो । एक पटक नया ट्रयाक खोलिएपनि लामो समयदेखी बन्द रहेको कालितरा-मलई जोड्ने सडक मर्मत गरिएको र कतिपय स्थानमा नयाँ कटिङसमेत गरिएको वडाअध्यक्ष भण्डारीले बताउनुभयो । पुरानो सडक मर्मत गरी ब्युताइएसँगै अब फुर्केसल्लीबाट सजिलैसँग सवारीसाधनमा मलई जान सकिने भएको छ । यता बाँकी देखी फुर्केसल्ली जाने सडक पनि बर्खायामको पानीले चिरा परेर बिग्रिएपछी सवारीसाधन आवतजावत ठप्प रहेको थियो । अब मर्मत भएपछी सहज हुने भन्दै स्थानिय पनि खुसी भएका छन्