दंगीशरण ३ र दंगीशरण ५ मा तिजमिलन तथा अट्वारी विशेष कार्यक्रम सम्पन्न ।
दंगीशरण भाद्र १९
दंगीशरण गाउँपालिका वडा न ५ को आयोजना,दंगीशरण गराउपालिकाको आर्थिक सहयोग,समृद्ध समाज मुलसमिती दंगीशरण ५ को ब्यबस्थापन र किवानिज क्लब तुलसीपुरको सास्कृतीक समन्वयमा तिजमिलन तथा अट्वारी विशेष कार्यक्रम वडा न ५ को रानिवन पार्कमा सम्पन्न भएको छ ।वड न ५ का वडा सदस्य ममता चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का र निबर्तमान लुम्बिनी प्रदेश संसद धमकलि चौधरीको बिशिस्ट आथित्यतामा तिजमिलन तथा अट्वारी विशेष कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सस्कार र सस्कृतीको संरक्षणका लागि आफु निर्वाचित भएर आएपछि निरन्तर माघि महोत्सव,तिजमिलन जस्ता कार्यक्रमहरु गर्दै आएको बताउनुभयो हरेक जातजातीको माग अनुसारका कार्यक्रमहरु अगाडि सारेको अध्यक्ष गिरीले बताउनुभयो ।हरेक जातजातिलाइ सम्मान गर्दै भौतिक पुर्वाधार र मानविय विकासलाइ सङ्गै सङ्गै लगेको समेत उहाँले बताउनुभयो ।आफु निर्वाचित भएर आएपस्चात आफुहरुले महिलाहरुको सम्मानका लागि तिजमिलन,युवाहरुको सम्मानका लागि अध्यक्षकप प्रतियोगीता,थारुजातिहरुको सम्मानका लागि माघि महोत्स जस्ता कार्यक्रमहरु निरन्तर गर्दै आएको बताउनुभयो ।
यस्तै दंगीशरण गाउँपालिका वडा न ३ ले पनि आजै तिजमिलन तथा अट्वारी विशेष सास्कृतीक कार्यक्रम सम्पन्न गरेको छ ।वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा तिजमिलन तथा अट्वारी विशेष कार्यक्रम सम्पन्न गरीएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमकी बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले तिजको नाममाहुने बिकृती बिसङ्गतीको अन्त्यगर्नुपर्ने बताउनुभयो ।अर्को एक प्रसङ्गमा उपाध्यक्ष खड्काले अब राज्यको हरेको क्षेत्रमा महिलाहरुलाइ प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा चर्चित गाएक एबम सङ्गितकार गोनिन्द मधुर आचार्य ,कुसल नृत्याङ्गना जेविका रेउले लगायतका स्थानीय कलाकारको बेजोड प्रस्तुती रहेकोथियो ।कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिकाका प्रेश सल्लाहकार प्रमोद आचार्यले गर्नुभएकोथियो ।