December 5, 2024

मानविय विकास र भौतिक पुर्वाधारको विकासलाइ सङ्गसङै लग्दै दंगीशरण गाउँपालिका

0

दंगीशरण साउन १०

दंगीशरण गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ मा भौतिक पुर्वाधार अन्तर्गत सडक तर्फ १ किलोमिटर कालोपत्रे,सडक स्तरोन्नति ३.५ किलोमिटर,ग्रयाभेल रोलिङ सहित ७.५ किलोमिटर,र नयाँ ट्र्याक १ किलोमिटर सम्पन्न गरेको छ ।

मानविय विकास सङ्गै भौतिक पुर्वाधारको बिकासलाइ सङ्गै जोडेर अगाडि बढेको गाउँपालिकाले सडक तर्फ कालोपत्रे र पक्कि नाला सहितको सडकको मापदण्ड अनुरुप प्राथमिकतामा राखि अगाडी बढेको पुर्वाधारसाखा प्रमुख भुम प्रसाद बोहराले बताउनुभयो ।

चालु आर्थिक वर्षमा पनि सिचाइ र सडकलाइ प्राथमिकतामा राखि अगाडि बढ्ने सोचमा आफुहरु रहेको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।अध्यक्ष गिरीले आफु निर्वाचित भयर आए लगत्तै गाउँपालिकाको सुसासन पार्दर्सिता र मितब्ययितालाइ प्राथमिकतामा राखि अगाडि बढेको बताउनुभयो ।कुनै पनि ठाउँको विकास हुनलाइ सर्वप्रथम त्यस ठाउँको मानविय विकास अपरीहार्य रहने बताउने गिरीले मानविय विकास अन्तरर्गत अपाङ्गता,बिपन्न,गरीव,सिमान्तकृत

महिला,तथा जेष्ठ नागरीकको क्षेत्रमा थुप्रै लोकप्रिय कार्यक्रमहरु लागु गरेको बताउनुभयो । 

अर्को प्रसङ्गमा अध्यक्ष गिरीले सबैभन्दा नजिकको र सहारा दिने सरकार भनेकै स्थानीय सरकार रहेकाले पनि आमजनतालाई स्थानिय सरकारको महसुस हुनेगरी अगाडी बढेको बताउनुभयो ।जनताका कयौँ आशा अपेक्षा छन् तर, हामीसँग सीमित साधन स्रोत छ ।यसका बाबजुत पनि हामीले जनताका आशालाई निरासामा बदलिन दिएका छैनौं ।अध्यक्ष गिरीले भन्नुभयो । जनतालाई दुःख पीडा पर्दा स्थानीय सरकारको स्रोत साधनले पुगेसम्म उहाँहरूको दुःखमा हरपल साथमै रहेको महसुस दिलाउनेगरी अगाडि बढेकाछौ अध्यक्ष गिरीले बताउनुभयो ।

पछिल्लो समय घटेर आउने बजेट अनि नागरिकको चाहाना र आवस्यकता बढ्नुले पनि विकाशमा सोचेअनुरुप अगाडि नबढेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो