February 15, 2025

अपाङ्गता भएका ब्यक्तीहरुका लागि व्यवसायिक योजना तथा अभिलेखिकरण सम्बन्धि ७ दिने तालिम दंगीशरणमा सम्पन्न

0

दंगीशरण साउन ९

U.S.A.I.D को आर्थिक सहयोग,C.B.M,कोशीस र डेक नेपालको प्राविधिक सहयोगमा अपाङ्गता भएका ब्यक्तीहरुका लागि व्यावसायिक योजना तथा अभिलेखिकरण सम्बन्धि ७ दिने तालिमको आज एक कार्यक्रमकाविच समापन गरीएको छ ।अपाङ्गता संजाल दंगीशरणका अध्यक्ष रोशन गिरीको अध्यक्षता निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारीको बिशिस्ट आथित्यता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा ७ दिने तालिमको समापन गरीएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भएर आए यता अपाङ्गताको क्षेत्रमा थुप्रै कार्यक्रमहरु अगाडी बढाएको र अपाङ्गता भएका ब्यक्तीहरुको जिबिकोपार्जन र सिप विकासमा जोड दिदै अगाडी बढेको बताउनुभयो ।अपाङ्गता भित्रको वर्गीकरणमा पनि क र ख बर्गकाले सामजिक सुरक्षा भत्ता पाउने र ग र घ बर्गका अपाङ्गता भएका ब्यक्तीहरुका लागि सिप सिकाइ आत्मनिर्भर बनाउने बाटोमा आफुहरु लागेको बताउनुभयो ।

बिशिस्ट अथिती निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारीले तालिममा सिकेको कुरालाइ व्यबहारमा लागु गर्न चुनौति देखिएको बताउनुभयो ।अभिलेख राख्नुपर्ने सिकेको सिपलाइ प्रयोग नगरे हराउदैजाने भएकाले त्यसलाइ व्यबहारमा लागु गर्ने अनिवार्य रहेको बताउनुभयो ।

यस्तै कार्यक्रमका अध्यक्ष अपाङ्ग संजाल दंगीशरणका अध्यक्ष रोशन गिरीले दंगीशरणका सम्पुर्ण अपाङ्गताभएका ब्यक्तीको हक अधिकारको लागि आफु लागीपरेको बताउनुभयो ।आफुहरु दंगीशरणलाइ अपाङ्गतामैत्री पालिका निर्माणमा लागीपरेको बताउनुभयो ।

तालिमका प्रशिक्षक सालिकराम डाङ्गिले अपाङ्गता भएका ब्यक्तीहरुको जिबिकोपार्जन गर्न, ब्यबसायिक योजना छनोट गर्नका लागि सहजहोस भन्ने उदेस्यले तालिम संचालन गरेको बताउनुभयो ।कार्यक्रमको सहजीकरण डेक नेपालका राम संकर यादबले गर्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो