April 18, 2026

दंगीशरण गाउँपालिकाले बजार अनुगमन लाइ तिब्रता दियो ।

0

दंगीशरण जेठ ७ 

दंगीशरण गाउँपालिकाको बजार अनुगमन टोलिले बजार अनुगमन गरेको छ ।बजार अनुगमन टोलिले ब्यबसाय दर्ता देखि खाद्य बस्तुको म्याद भएको नभएको लगायत अनुगमन गरेको हो ।अनुगमनका क्रममा अधिकाम्स ब्यबसायहरु दर्ता नभएको पाइएको राजस्व साखा प्रमुख लेखनाथ आचार्यले बताउनुभयो ।

गाउँपालिकाको आन्तरिक राजस्वमा वृद्धि गर्न र ब्यबसाय दर्तावारे आम नागरीकमा जानकारी दिन पनि सप्ताह ब्यापि दर्ता सप्ताहा गर्नुपर्ने प्रमुख आचार्यले बताउनुभयो । अव आगामिदिनहरुमा बजार अनुगमनको कार्यलाइ तिव्रता दिइने समेत उहाँले बताउनुभयो ।

यस्तै गाउँपालिकाको जग्गा जमिन भित्र सम्झौता नगरी ब्यापार ब्यबसाय संचालन गरेका व्यवसायिहरुलाइ प्रचलित कानुनको दायराभित्र ल्याइ गाउँपालिकाको राजस्व वृद्धिमा सहयोग गर्ने कार्यहरु आगामि दिनमा बढाउन कदम चालिने प्रमुख आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो