सरकारी अनुदानको प्रावधान निति,र शमाबेशिकरण सम्बन्धि सरोकारवाला पक्षहरु सङ्ग अन्तर्कृया सम्पन्न
दंगीशरण जेठ ६
प्रमोद आचार्य :समुन्नती परीयोजनाको आयोजना U.K.A.I.D ,J.O.A Deprocs Decos र practicle action को प्राविधिक सहयोगमा सरकारी अनुदानको प्रावधान निति,र शमाबेशिकरण सम्बन्धि सरोकारवाला पक्षहरु सङ्ग अन्तर्कृया कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
अन्तर्कृया कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बदलिँदो प्रविधिको उच्चतम प्रयोग गर्नु आजको आवस्यकता रहेको बताउनुभयो ।समुन्नति परियोजनाले दंगीशरणका बिभिन्न वडाहरुमा डिजिटल साक्षरताको माध्यम बाट गाउँपालिकाका ग्रामीण भेगका महिलाहरुमा पुर्याएको योगदानको उच्च प्रसंशा गर्नुभयो ।
महिला सिमान्तकृत समुदाय र अपाङ्गता भएका ब्यक्तीहरुलाइ सिपमुलक कार्यक्रममा जोड्दै अगाडी बढ्ने सस्थाको प्रमुख उदेश्य रहेको आयोजकले बताएको छ । उत्पादन उत्पादकत्व र बजारीकरणको कुरालाइ सहजीकरण गर्दै सरोकारवाला सङ्ग अन्तर्कृया कार्यक्रम राखेको अयोजकले बताएको हो ।
अन्तर्कृया कार्यक्रममा सरोकारवालाहरु बिच छलफल द्वरा बिभिन्न निर्णय समेत गरीएको छ ।जस अन्तर्गत दंगीशरण गाउँपालिकामा बनेका निति रणनीति ,कार्यक्रम योजनाका वारेमा जनप्रतिनिधि ,कर्मचारी ,र लक्षित समुह बिचमा जानकारी गराउनका लागी कार्यक्रमको उदेश्य बारे जानकारी गराउने ,गाउँपालिकाको कृषि निती निर्माण गर्नका लागी पहल गर्ने लगायतका निर्णय भएको समुन्नति परीयोजनाका दंगीशरणका फोकल पर्सन प्रेम वलिले जानकारीदिनुभयो ।