दंगीशरण १ ले बितरण गर्यो किसानलाइ कृषि सामाग्री
दंगीशरण बैशाख २८
दंगीशरण गाउँपालिका वडा न १ ले आफ्नो वडाभित्रका कृषि समुहहरुलाइ ५० प्रतीशत अनुदानमा कृषि औजारका सामाग्रीहरु बितरण गरेको छ । आज एक कार्यक्रमकाविच कृषि सामाग्रीहरु बितरण गरेको वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले बताउनुभयो ।

कृषि समुहरुको माग अनुसार पानी बाहिर राख्ने मोटर १ हर्ष पावरको ५ थान,पानीमा डुवाउने मोटर १ हर्ष पावर चाइनिज १० थान,पानीमा डुवाउने मोटर २ हर्ष पावर चाइनिज ६ थान,पानी बाहिर राख्ने मोटर ३ हर्ष पावर १ थान,ओसाउने पंखा ५ थान र त्रीपाल ७० थान गरी बितरण गरीएको हो ।कृषि सामाग्री बितरण गर्दै वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले कृषिमा आधारित आफ्नो भुगोल रहेकाले कृषिमा आस्रित किसानहरुलाइ कृषि सामाग्री बितरण गर्न पाउदा आफु निकै खुसि रहेको बताउनुभयो ।