April 30, 2026

नेपालि काङ्ग्रेस दंगीशरणको दोस्रो सम्मेलन सम्पन्न

0

दंगीशरण चैत २७

नेपालि काङ्ग्रेस दंगीशरणले आफ्नो दोस्रो पालिका सम्मेलन सम्पन्न गरेको छ ।नेपालि काङ्ग्रेसको विधान बमोजिम हरेक बर्ष आफ्नो साङ्गठनिक आर्थिक र राजनैतिक प्रतीबेदन पेश गर्न तथा सङ्गठनको साङ्गठनिक अवस्थावारे छलफल गर्न सम्मेलन आयोजना गरीएको नेपालि काङ्ग्रेस दंगीशरणका  गाउँपालिकाका प्रवक्ता गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।

दोस्रो सम्मेलनको उद्घाटन नेपालि काङ्ग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले नेपालि काङ्ग्रेसका सस्थापक सभापती विशेस्वर प्रसाद कोइराला र नेपालि काङ्ग्रेसका वरिष्ठ नेता स्वर्गिय खुम वहादुर खड्काको तस्विरमा माल्यार्पण सहित पानसमा बत्ती वालेर उद्घाटन गर्नुभएकोथियो ।

कार्यक्रममा बोल्दै सम्मेलनका प्रमुख अथिती नेपालि काङ्ग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले लोकतन्त्रले नागरिकहरुलाइ  चित्त नबुझेको कुरा निर्धक्कका साथ बोल्न र आफ्नो अभिमत राख्न सक्ने बनायको बताउनुभयो । पार्टि भित्र पद थोरै हुने र आकङक्षि धेरै हुने हुदा सवै नेता कार्यकर्ता  इमानदारीताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।अर्को एक प्रसङ्गमा प्रमुख अथिती गिरीले आफुलाइ जनताले अभिमत दिइ पठायकोले जनताको आवाज बोल्न र यहाँको हरेक विकास निर्माणको सवालमा आफु सदैव गम्भीर रहेको बताउनुभयो ।

सम्मेलनमा बोल्दै सम्मेलनका विशिष्ट अथिती शंकर प्रसाद डाङ्गीले पार्टी मजबुत हुन सङ्गठनहरु चलायमान हुनपर्ने बताउनुभयो ।पार्टिको जग भनेको टोल तथा समुदाय हुने भएकाले जनताको हरेक सुख दुखमा साथ दिने काङ्ग्रेस बन्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपालि काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि केशव आचार्य ,नेपालि काङ्ग्रेसका महाधिवेशन प्रतीनिधि देविका नेपालि ,नेपालि काङ्ग्रेस दाङका सहसचिव सुबोध डाङ्गी,नेपालि काङ्ग्रेस क्षेत्र न ३ का सभापती जगत खड्का,शान्तीनगर र बबइ गाउँपालिका सभापतीहरु सान्ती नगर गाउँपालिका अध्यक्ष प्रमोद वस्नेत वडा सभापतीहरु,जिल्ला सदस्यहरु प्रदेश सह सचिवहरु, लगायतले आ आफ्नो भनाइ राख्नुभएको थियो ।

सम्मेलनको अवसरपारी दंगीशरण गाउँपालिकाभित्र रहेका ८० बर्षमाथिका कृयाशिल सदस्य र साविक सभापतीहरु गरी २२ जनालाई दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरीएकोथियो ।

सम्मेलन नेपालि काङ्ग्रेस दंगीशरणका सभापती शम्भु गिरीको अध्यक्षता,नेपालि काङ्ग्रेसका केन्द्रिय सदस्य पुर्व सिचाइमन्त्री दिपक गिरीको प्रमुख आथित्यता नेपालि काङ्ग्रेस दाङका सभापती शंकर प्रसाद डाङ्गी र नेपालि काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा लुम्बिनी प्रदेशका निवर्तमान संसद संकर गिरीको बिशिस्ट आथित्यतामा सम्मेलन सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो