अपाङ्गता समावेशी विकास सम्बन्धि एकदिने प्रशिक्षण दंगीशरणमा सम्पन्न
दंगीशरण चैत १९ U.S.A.I.D को आर्थिक सहयोग C.B.M डेक नेपाल र कोसिसको साझेदारीमा कर्तब्य वाहक तथा रोजगार प्रदायकहरुलाइ अपाङ्गता समावेशी विकास (D.I.D) सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

अपाङ्गता सम्बन्धि ब्यक्तीहरुको सहज जिबनयापन तथा अपांगता भएका ब्यक्तीहरुको लागी समावेशी विकासका लागि कार्यक्रम गरीएको कोशिसका पैरवी सयोजक संजय राज न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुहरु निर्वाचित भएर आइसकेपछि मानविय विकासलाइ प्राथमिकताका साथ अगाडी लगेको र अपाङ्गता हुनबाट कसरी न्यूनीकरण गर्ने र अपाङ्गता भएका ब्यक्तीलाइ कसरी सम्बोधन गर्ने भन्ने सवालमा आफुहरु अगाडी बढेको बताउनुभयो ।

आफुहरु निर्वाचित भएर आउन बित्तिकै मोतियाबिन्दु भएर आखाको अप्रेसन गर्न नसक्ने हरुकालागी निशुल्क मोतियाबिन्दुको राप्ती आखा अस्पतालको समन्वयमा निशुल्क सल्यक्रिया गर्ने ब्यबस्था गरेको बताउनुभयो ।यस्तै अध्यक्ष गिरीले अपाङ्गताभएका ब्यक्तीहरुलाइ आत्मामा ठेस लाग्ने खालका सब्दहरु प्रयोग नगरीदिन आग्रह गर्नुभयो ।

अपाङ्गता भएका ब्यक्तीहरुको लागी स्वरजगार बनाउन ३ लाख रुपैयाको घुम्तीकोष समेत सुचारु गरेको बताउनुभयो ।प्रशिक्षण कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएकोथियो भने प्रशिक्षणको सहजीकरण पैरवी सयोजक संजय राज न्यौपानेले गर्नुभएकोथियो ।