April 18, 2026

दंगीशरण गाउँपालिकामा मासिक प्रगति समीक्षा तथा कर्मचारी स्वागत–बिदाइ कार्यक्रम सम्पन्न

0

दंगीशरण गाउँपालिकाले मासिक प्रगति समीक्षा तथा आगन्तुक कर्मचारीको स्वागत र अवकाशप्राप्त कर्मचारीको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले हरेक महिनाको ३ गते नियमित रूपमा मासिक प्रगति समीक्षा गर्दै आएको जनाएको छ ।

बिहीबार सम्पन्न मासिक समीक्षा बैठकका अवसरमा बर्दाघाट नगरपालिकाबाट सरुवा भई आउनुभएका मत्स्य प्राविधिक खुसी बुढामगर र त्रिवेणी गाउँपालिका सल्यानबाट सरुवा भई आउनुभएका सि. अनमी सबिना चन्दलाई एक समारोहबीच स्वागत गरिएको हो ।

त्यसैगरी सोही अवसरमा गोल्टाकुरी स्वास्थ्य चौकीमा लामो समयदेखि कार्यरत सि. अनमी निरीक्षक कौशली के.सी.लाई बिदाइ गरिएको छ । उहाँले ३० वर्ष ३२ महिना सेवा गरी अवकाश लिनुभएको हो ।

स्वागत तथा बिदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रशासन प्रमुख सुदिप डाङ्गीले गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाले नवआगन्तुक कर्मचारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अवकाशप्राप्त कर्मचारीको योगदानको उच्च मूल्यांकन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो