दंगीशरण ६ मा ४५ दिने कटाइ सिलाइ तालिम समापन
दंगीशरण साउन ३०
दंगीशरण ६ मा ४५ दिने कटाइ सिलाइ तालिम समापन ।
दंगीशरण गाउँपालिका वडा न ६ को आयोजनामा ४५ दिने कटाइ सिलाइ तालिमको शुक्रबार एक कार्यक्रमकाविच समापन गरिएको छ ।वडा न ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितीका सयोजक रोशन जंग शाहको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालीको प्रमुख आथित्यतामा एक औपचारिक कार्यक्रमकाविच ४५ दिने कटाइ सिलाइ तालिमको समापन गरिएको हो ।
समापन अवसरमा बोल्दै वडा न ६ का वडा अध्यक्ष रोशन जंग शाहले आफनो सोच वडा भित्रका नागरीकहरुका लागि सीप प्रदानगरी उधमी बनाउने रहेको बताय ।यस्तै अध्यक्ष शाहले सीप विकासका लागि प्रदान गरीएका तालिमको सार्थकता सावितगर्न उधमी शृजनाका लागि आफू लागि परेको बताय ।

यस्तै कार्यक्रमका प्रमुख अथिती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीले सिपमुलक तालिमबाट व्यावसायमा जोडिनसके आय आर्जनको पाटोमा समेत सहयोग पुग्ने बताय ।४५ दिने कटाइ सिलाइ तालिमको प्रशिक्षकमा सोभा बुढाथोकी रहेकिथिइन ।