दंगीशरण–४ र ५ को सरैया–सलौरीको सडक मर्मत
दाङ — दंगीशरण गाउँपालिका–४ र ५ जोड्ने सरैया–सलौरी सडक आज मर्मत गरिएको छ। स्थानीय युवा प्रभात केसीको नेतृत्वमा र गाउँपालिकाको समन्वयमा मर्मत कार्य सम्पन्न भएको हो।
बर्खायाममा सडकमा बनेको खाल्डाखुल्डीका कारण आवतजावतमा समस्या भइरहेको स्थानीयले बताएका छन्। मर्मतपछि यातायात सहज हुने अपेक्षा गरिएको छ।
केसीले सार्वजनिक कार्यमा सक्रिय सहभागिता जनाउने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन्।

