February 13, 2026

श्रीगाउँको सिद्धपृथ्वी जनता माविमा निवर्तमान प्रधानाध्यापकको बिदाइ तथा कक्षा १२ उर्त्तीण विद्यार्थीलाई बधाई कार्यक्रम सम्पन्न

0

दंगीशरण, साउन २२।
दंगीशरण गाउँपालिका–६ स्थित सिद्धपृथ्वी जनता माध्यमिक विद्यालय, श्रीगाउँले विद्यालयका निवर्तमान प्रधानाध्यापक श्रीधर शर्माको बिदाइ तथा कक्षा १२ उर्त्तीण गरेका विद्यार्थीहरूलाई बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ।
उमेर हदबन्दीका कारण अनिवार्य अवकाशमा जानुभएका शिक्षक श्रीधर शर्माले १८ वर्ष ८ महिना १२ दिनसम्म विद्यालयमा अध्यापन गरिरहनुभएको थियो।
कार्यक्रम उच्चस्तरीय सहभागितामा सम्पन्न
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक देवकोटाको अध्यक्षतामा, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनोद अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा बोल्दै अध्यक्ष शम्भु गिरीले शिक्षकहरूलाई विद्यार्थी र अभिभावकको विश्वास जित्ने गुणस्तरीय शिक्षा प्रदान गर्न निर्देशन दिनुभयो। विद्यालयको ऐतिहासिक साख जोगाउन र अझ उचाइमा पु-याउन वर्तमान नेतृत्वले सक्रिय भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो।
गुणस्तरीय शिक्षामा जोड
शाखा प्रमुख बिनोद अधिकारीले औपचारिक शिक्षा प्रणालीले जीवनको दिशा निर्धारण गर्ने भन्दै विद्यार्थीहरूलाई योग्यता र क्षमतामा ध्यान दिन आग्रह गर्नुभयो। साथै, SEE मा दाङ जिल्लाका १० स्थानीय तहमध्ये दंगीशरणलाई प्रथम बनाउने अभियानमा योगदान दिने सबै शिक्षकप्रति धन्यवाद व्यक्त गर्नुभयो।
शिक्षक र विद्यार्थीको भावनात्मक सहभागिता
कार्यक्रममा विद्यार्थी आयुष रसाइली, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बिनोद कुमार राणा, शिक्षक दीपकनाथ योगी, वर्तमान प्रधानाध्यापक नोखबहादुर गोसाई, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम पूर्व प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने शिक्षक गुरु प्रसाद गौतमले सहजीकरण गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *