April 19, 2026

विपी कोइरालाको ४३औँ स्मृति दिवसमा वृक्षारोपण गरिने

0

Oplus_131072

दाङ, ५ साउन । नेपाली कांग्रेस दाङले नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम गर्ने भएको छ ।

नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको आयोजनामा साउन ६ गते मङ्गलवार बिहान ११ः३० बजे दंगीशरण गाउँपालिका–६ स्थित भानु माध्यमिक विद्यालय प्रसडुवामा वृक्षारोपण कार्यक्रम गरेर विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस मनाउन लागेको हो ।

नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुनकुमार योगीले आइतवार सूचना जारी गर्दै वृक्षारोपण कार्यक्रम गर्न लागेको जानकारी दिएका हुन् । साथै जिल्ला सचिव योगीले कार्यक्रममा उपस्थितिका लागि नेपाली कांग्रेस केन्द्र, लुम्बिनी प्रदेश, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति , प्रदेश सभा कार्यसमिति, स्थानीय तह कार्यसमिति र वडा तह कार्यसमितिका नेता, कार्यकर्ता, समाजसेवी, विद्यालयका प्रतिनिधि तथा सर्वसाधारण सबैलाई अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो