गाउँपालिकाको १९ औं गाउँसभामा कर्मचारी तथा शिक्षकहरु पुरुष्कृत ।
दंगीशरण असार ८
दंगीशरण गाउँपालिकाको १९ औं गाउँसभामा दंगीशरण गाउँपालिका अन्तर्गतका सस्थाहरुमा कार्यरत कर्मचारी तथा शिक्षकहरुलाई पुरुष्कृत गरीएकोछ ।कर्मचारी तथा शिक्षकहरुको कार्यसम्पादन,लगनशीलता तथा सेवा प्रवाहलाइ आधारमानी कर्मचारी तथा शिक्षकहरुलाई पुरुष्कृत गरीएको हो ।

पुरुष्कृत हुनेहरुमा गाउँपालिकामा कार्यरत प्रशासन सहायक देव बहादुर डाङ्गी,कार्यालय सहयोगी राजेन्द्र चौधरी,आधारभुत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्मा,शिक्षकतर्फ माध्यमिक विधालय मधपुरका प्रधानाध्यापक बिमला कडेल,बिरेन्द्र नमुना माध्यमिक विधालय हेकुलिका अङ्ग्रेजी शिक्षक हेमन्त अधिकारी,र गाउँपालिका कृषि विकाश साखा प्रमुख शरु भुषाल लगायतलाइ २५ हजार नगद,दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको हो ।गाउँपालिकाको दोस्रो कार्यकालका निर्वाचित जनप्रतिनिधि आयपस्चात अहिले तेस्रो बर्षपनी कर्मचारी र शिक्षकको मनोबल वृद्धि र प्रोत्साहनका लागि पुरुष्कृत गरेको हो ।