रवि लामिछाने आजै पक्राउ पर्ने संकेत
रवि लामिछाने आजै पक्राउ पर्ने संकेत ।
सहकारी प्रकरणमा छानबिन समितिले कारबाही सिफारिस गरेका
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालयमै नेताहरूसँग आन्तरिक छलफलमा छन् ।
स्रोतका अनुसार रास्वपाले सभापति लामिछानेलाई समेत आजै पक्राउ गर्ने आशंकापछि काठमाडौं उपत्यकाका पार्टी-कार्यकर्तालाई केन्द्रीय कार्यालयमा जम्मा हुन सर्कुलर जारी गरेको थियो । अहिले केन्द्रीय कार्यालय परिसरमा डेढ सयभन्दा बढी नेता-कार्यकर्ता जम्मा भएका छन् भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले आज अपरान्ह पक्राउ गरेको थियो ।