April 19, 2026

दुबै मृगौला फेल भएका बि क लाई मलेसियाबाट आर्थिक रकम सहयोग

0

बिबश रसाइली
सेप्टेम्बर ,८क्वालालम्पुर
नेपालमा मृगौला पीडितको संख्या दिन दिनै बढ्दो क्रममा छ्न ।

बारम्बार मृगौला पीडितको नाममा देश बिदेश बाट आर्थिक संङकलन गरि सहयोग गरेको खबर समाचारमा हेर्ने गर्दछौं ।

त्यस्तै पीडामा यतिबेला छ्टपटाईरहेका छन। रोल्पा रुन्टीगढी गाउँपालिका ,वडा नम्बर ,५ निवासी ३५ वर्ष का राम सिङ्ग बि क हाल उनी दाङको घोराही बसोबास गर्दैआईरहेका थिए ।

दुबै मृगौला फेल भएका पीडित अहिले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा ४ वर्ष देखि उपचार भईरहेको हुदा पीडित राम सिङ्ग बि क को जीवन रक्षाको लागी खाडी मुलुक मलेसिया बाट इपो स्थित PMI Technology कम्पनीमा कार्यरत रुपेश खड्का को संयोजकत्तोमा सोही कम्पनीमा कार्यरत नेपालीहरुको आर्थिक रकम सहयोग संकलन गर्दा मलेसियन रिङ्गेट, ८००जम्मा गरि नेपाली रु, २४,३७१रुपैयाँ र अर्को सोही ठाउँ स्थित MEGA SQUARE कम्पनीमा कार्यरत गोपाल बि क को संयोजकत्तोमा सोही कम्पनीमा कार्यरत नेपालीहरुको आर्थिक रकम संकलन गर्दा मलेसियन रिङ्गेट १०१० जम्मा गरि नेपाली रु ३१,९१६ रुपैयाँ पीडित राम सिङ्ग बि क को परिवार लाई आज आइतबार पठाएको उहाँको साडु भाइ गोपाल बि क ले जानकारी दिनुभएको थियोे ।

यसै गरि दाङको शान्तिनगर गाउँपालिका धनौरी घर भई हाल रोजगारिको सिलसिला अमेरिका कार्यरत नेपाली तिलक बि क ज्यु बाट नेपाली रु,५००० हजार रुपैयाँ पीडित परिवारलाई पठाएउनु भएको थियोे ।

पीडित राम सिङ्ग बि क ले २०६६ साल बाट गित संगित र सन्चारकर्मी क्षेत्रमा जम्दै आएका थिए दाङको घोराही स्थित रेडियो शोर्गोद्वारी मा काम गर्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो