दंगीशरण ६ र ७ मा तिजमिलन कार्यक्रम सम्पन्न ।
दंगीशरण भाद्र १६
धारापानी आमा समुह दंगीशरण ७ को आयोजना दंगीशरण ७ न वडा कार्यालयको समन्वय तथादंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा तिजमिलन तथा अट्वारी विशेष सास्कृतीक कार्यक्रम वडा न ७ को सिम्ठानामा सम्पन्न भएको छ ।वडा न ७ का वडा अध्यक्ष रेशम वलिको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काकोको बिशिस्ट आथित्यतामा तिजमिलन कार्यक्रम सम्पन्न भएको हो ।यस्तै वडा न ६ मा पनि आजै तिजमिलन तथा अट्वारी विशेष कार्यक्रम वडा न ६ को कार्यालय श्रीगाउमा सम्पन्न भएको छ ।वडा न ६ की कार्यवाहक अध्यक्ष उर्मिला परीयारको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा तिजमिलन तथा अट्वारी विशेष कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सस्कार र सस्कृतीको संरक्षणका लागि आफु निर्वाचित भएर आएपछि निरन्तर माघि महोत्सव,तिजमिलन जस्ता कार्यक्रमहरु गर्दै आएको बताउनुभयो हरेक जातजातीको माग अनुसारका कार्यक्रमहरु अगाडि सारेको अध्यक्ष गिरीले बताउनुभयो ।हरेक जातजातिलाइ सम्मान गर्दै भौतिक पुर्वाधार र मानविय विकासलाइ सङ्गै सङ्गै लगेको समेत उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रमकी बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले तिजको नाममा हुने बिकृती बिसङ्गतीको अन्त्यगर्नु पर्ने बताउनुभयो ।अर्को एक प्रसङ्गमा उपाध्यक्ष खड्काले अब राज्यको हरेको क्षेत्रमा महिलाहरुलाइ प्राथमिकता दिनुपर्ने बताउनुभयो ।हरेक चाडपर्व मनाउदा देखासिकि भन्दापनि आफ्नो सक्दो अनुसार मनाउन आग्रह गर्नुभयो ।