April 18, 2026

संविधान र संघीयताको मर्म अनुसार अभ्यास गर्दै दंगीशरण सामाजिक विकाश समिती ।

0

दंगीशरण जेस्ठ १६
दंगीशरण गाउँपालिका अन्तर्गत सामाजिक विकास समितीको बैठक दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।सामाजिक विकास समितीका सयोजक रोशन जंग शाहको सभापतित्वमा बैठक सम्पन्न भएको हो । बैठकले आर्थिक बर्ष २०७९/८० को हाल सम्मको प्रगती समिक्षा तथा आगामि आर्थिक बर्ष २०८०/८१ को निती तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल गरेकोथियो ।बैठकमा बिषयगत साखा प्रमुख,र गैरसरकारी सस्थाका प्रमुख सहित २०७९/८० को हालसम्मको भौतीक तथा बित्तीय प्रगती सम्बन्धि छलफल गरीएको सामाजिक विकास समितीका सयोजक तथा वडा न ६ का वडा अध्यक्ष रोशन जंग शाहले बताउनुभयो ।बैठकमा सामाजिक विकास समिती अन्तर्गत पर्ने साखाहरुको आगामि रणनीति र कार्ययोजना सम्बन्धि छलफल भएकोथियो ।शिक्षा ,स्वास्थ्य,महिला बालबालिका लगायतको क्षेत्र जस्तै बाल विबाह लैङ्गकि हिंसाको क्षेत्रमा कस्ता कस्ता कार्यक्रमका साथ अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा ब्यापक छलफल भएको सामाजिक विकास समितीका सदस्य सचिब सिक्षा युवा तथा खेलकुद साखा प्रमुख बिनोद अधिकारीले बताउनुभयो ।बैठकमा दंगीशरण गाउँपालिकामा कृयासिल गैरसरकारी संघसस्थाका प्रतीनिधिहरुको सहभागीता रहेकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो