April 19, 2026

दंगीशरणमा सहकारी ब्यबस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न

0

दंगीशरण चैत १७

प्रमोद आचार्य

दंगीशरण सामाजिक उधमि महिला सहकारी सस्था लि.को आयोजना,दंगीशरण गाउँपालिका दाङ हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहिको सहजीकरणमा दंगीशरण सामाजिक उधमि महिला सहकारी सस्था लि.को सहकारी ब्यबस्थापन सम्बन्धि ३ दिने तालिमको आज एक औपचारिक कार्यक्रमकाविच समापन गरीएको छ ।

दंगीशरण सामाजिक उधमि महिला सहकारी सस्था लि. की अध्यक्ष नमुना लामिछानेको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीकि प्रमुख आथित्यता तथा  पिमा वलि खड्काको विशिस्ट आथित्यतामा ३ दिने तालिमको एक कार्यक्रमकाविच समापन गरीएको हो ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले जुनसुकै ब्यबसाय तथा उधम शुरुवात गर्नु अगाडी तालिमको आवस्यकता महत्त्वपूर्ण हुने बताउनुभयो ।आफुहरु निर्वाचित भएर आएपछि भौतीक पुर्वाधारको विकास सङ्गै मानवीय विकासमा समेत जोड दिएको बताउनुभयो ।

त्यस्तै आफुहरुले महिलाहरुलाइ हरेक क्रियाकलापमा ससक्त बनाउन विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको र पालिकाको अपन्त्व हुनेगरी गाउँपालिकाका ७०० जना महिलाहरुलाइ एकत्रित गरी दंगीशरण सामाजिक महिला उधमि सहकारी स्थापना गरेको बताउनुभयो ।

यस्तै अध्यक्ष गिरीले दंगीशरण गाउँपालिका धेरैजसो किसानहरु उल्लेख्य रुपमा बसोबास गर्ने पालिका भएकालेपनि यहाँ थुप्रै उधम तथा ब्यबसायको राम्रो संभावना रहेको बताउदै स्थानिय उत्पादनलाइ उधम सङ्ग जोड्ने आफुहरुको चहाना भएकाले  आफुहरु थाकल र मकैको खोयाबाट स्थानिय उत्पादन गर्ने सोचका साथ अगाडी बढेको बताउनुभयो ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले धेरैजना मिलेर सहकार्य गरी गरीने एउटा समुहको झुण्डलाइ सहकारी भनिने बताउनुभयो ।खेरजाने समयलाइ ब्यबस्थित गरी सानो भएपनि उधमको शुरूवात गर्न तालिममा सहभागी महिलाहरुलाइ आग्रह गर्नुभयो ।

तालिममा सहभागी बिणु भण्डारीले उधमि बन्नलाइ स्वयं चासो ,दृढता र लगनशीलता आवस्यक पर्ने बताउनुभयो । केहि उधम गर्छु भन्दै अगाडी सर्ने दिदिबहिनीलाइ गाउँपालिका बाट सहयोग र उधमि बनाउन सहयोग गरीदिन आग्रह गर्नुभयो 

यस्तै अर्का सहभागी धनविर चौधरीले सहकारीका सवै कार्यसमितिहरु मन वचन र कर्मका साथ अगाडी बढ्नु पर्नेबताउनुभयो । सहकारी भनेपछी पछिल्लो समयमा डराउनु पर्ने अवस्था आएपनि ब्यबस्थि तवरले संचालन गर्नसके गाउँपालिकाको सहकारी फस्टाउने बताउनुभयो ।

३ दिनसम्म गाउँपालिकाको सभाहलमा संचालित सहकारी ब्यबस्थापन तालिमको प्रशिक्षकमा कमल सापकोटा रहनुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो