May 17, 2025

   क्यान्सर राेगीलाई आर्थिक सहयाेग।       

  बासुदेव आचार्य                     

तुलसीपुर- २ ,बालापुर दाङमा अवस्थित जनप्रिय इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले अाफ्नाे खाजा खर्च कटाएर क्यानसर पिडितलाई अार्थिक सहयाेग गरेका छन्। दङ्गीशरण गाउँपालिका- ५, सलाैरा निबासी विजया चाैधरीकाे उपचारमा सहयाेग पुगाेस् भन्ने हेतुले १ दिनकाे खाजा खर्च कटाएर  उनीहरुले सहयाेग गरेका हुन्। जनप्रिय बाल क्लबका अध्यक्ष अनन्त गिरीकाे संयाेजनमा संकलन गरिएकाे रू ८३९० रुपैयाँ  बाल क्लबमा अाबद्ध विद्यार्थी र विद्यालयका प्राचार्यद्वारा  क्यान्सर पिडित विजया चाैधरीका छाेरा सागर चाैधरीलाई हस्तान्तरण गरिएको थियाे। रुपैयाँ हातमा लिँदै गर्दा छाेरा सागर चाैधरीले सहयाेगका लागि बाल क्लब पदाधिकारी र स्कुल परिवारलाई धन्यवाद दिदै याे रकमले अामाकाे उपचारमा थप प्रेरणा मिलेकाे कुरा राखेका थिए । हालसम्म उपचार गर्दे गर्दा धेरै रकम खर्च भइसकेकाे र घरकाे अार्थिक अवस्था कमजाेर भएकाले अरु सहयाेगी मनहरुलाई पनि सहयाेगका लागि  छाेरा सागर चाैधरीले अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो