दंगीशरणमा दुई कर्मचारीको स्वागत, एकको बिदाइ
दंगीशरण, असार २३
दंगीशरण गाउँपालिकामा आइतवार आयोजित एक औपचारिक समारोहकाबीच दुई जना सरुवा भएर आएका कर्मचारीको स्वागत र एक जना अनिवार्य अवकाशमा गएका कर्मचारीको बिदाइ गरिएको छ।
रोल्पा नगरपालिकाबाट सरुवा भई आएका प्रशासकीय अधिकृत सातौं सुदिप डाँगी र सरुमारानी गाउँपालिका, प्युठानबाट आएका सहायक पाँचौं जिवन डि.सी.को दंगीशरण गाउँपालिकाले स्वागत गरेको हो। सोही कार्यक्रममा लामो समयदेखि गाउँपालिकामा कार्यरत रहँदै अनिवार्य अवकाशमा जानुभएका सहायक चौथो देव बहादुर डाँगीलाई विदाइ गरिएको थियो।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष शम्भु गिरीको अध्यक्षता, उपाध्यक्ष पिमा वली खड्का, प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरूले नयाँ जिम्मेवारी सम्हाल्न आउनुभएका कर्मचारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे भने अवकाशमा जानुभएका कर्मचारीप्रति योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरिएको थियो।






