May 25, 2026

साना किसान कृषि सहकारीद्वारा अनुदानमा कृषि यन्त्रीकरण सामग्री वितरण

0

दंगीशरण, बैशाख २६ — साना किसान कृषि सहकारी संस्था लिमिटेड, श्रीगाउँले आफ्ना सेयर सदस्यहरूलाई अनुदानमा कृषि यन्त्रीकरणका सामग्री वितरण गरेको छ।
सहकारीले शनिबार एक कार्यक्रमको आयोजना गरी सदस्य किसानहरूलाई विभिन्न कृषि यन्त्र तथा उपकरण वितरण गरेको हो।
कार्यक्रम सहकारीका अध्यक्ष टंकबहादुर वलीको अध्यक्षता, वडा नं. ६ का वडा अध्यक्ष रोशनजंग शाहको प्रमुख आतिथ्यता तथा वडा नं. ७ का वडा अध्यक्ष रेशमबहादुर वलीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष रोशनजंग शाहले सहकारीले किसानको सेवा र सहजताका लागि काम गर्नुपर्ने बताउँदै कृषि उत्पादन वृद्धि र श्रमको सहजताका लागि अनुदानमा सामग्री वितरण गरिएको जानकारी दिनुभयो।
त्यसैगरी वडा अध्यक्ष रेशमबहादुर वलीले आधुनिक कृषि यन्त्रीकरणका सामग्रीले आधुनिक खेती प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सहकारीले वितरण गरेका सामग्रीहरूमा ५५ थान स्प्रे ट्यांकी, १५ थान मिनीटिलर, ४ थान ठूलो कम्बाइन मिल, १ थान सानो कम्बाइन मिल, १ थान पिलेट दाना मिल, २४ थान मोटर, २ थान कर्न सेलर, ५ थान ज्याप प्लान्टर तथा ५ थान पिसान मिल रहेका छन्।
कार्यक्रम वडा नं. ६ की वडा सदस्य उर्मिला परियारको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण दीपबहादुर चौधरीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *