अपाङ्गता भएका ब्यक्तीहरुका लागि व्यावसायिक योजना तथा अभिलेखिकरण सम्बन्धि ७ दिने तालिम आजदेखि दंगीशरणमा शुरु
दंगीशरण साउन ३
U.S.A.I.D को आर्थिक सहयोग,C.B.M,कोशीस र डेक नेपालको प्राविधिक सहयोगमा अपाङ्गता भएका ब्यक्तीहरुका लागि व्यावसायिक योजना तथा अभिलेखिकरण सम्बन्धि ७ दिने तालिम आजदेखि दंगीशरण गाउँपालिकाको सभाहलमा शुरुभएको छ ।अपाङ्गता संजाल दंगीशरणका अध्यक्ष रोशन गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा ७ दिने तालिमको औपचारिक उद्घाटन गरीएको हो ।
कार्यक्रमका प्रमुख अथिती दगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आपाङ्गताको क्षेत्रमा आफुले थुप्रै कार्यक्रमहरु गरेको र उचित बजेट समेत बिनियोजन गरेको बताउनुभयो ।आफु निर्वाचित भएर आइसकेपछि चाहे सहायक सामाग्री बितरण होस चाहे अपाङ्गता न्युनिकरणका लागी लागि होस हरेक तवरले अपाङ्गता भएका ब्यक्तीहरुको सम्मानका लागी सधै सकारात्मक रहेको बताउनुभयो ।अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले सपाङ्गहरुले पनि अपाङ्गता भएका ब्यक्तीहरु प्रती बोलिने भाषा र व्यबहारमा समेत माया र सम्मानको भाब दिनुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रमका अध्यक्ष अपाङ्ग संजाल दंगीशरणका अध्यक्ष रोशन गिरीले दंगीशरणका सम्पुर्ण अपाङ्गताभएका ब्यक्तीको हक अधिकारको लागि आफु लागीपरेको बताउनुभयो ।आफुहरु दंगीशरणलाइ अपाङ्गतामैत्री पालिका निर्माणमा लागीपरेको बताउनुभयो ।
तालिमका प्रशिक्षक सालिकराम डाङ्गिले अपाङ्गता भएका ब्यक्तीहरुको जिबिकोपार्जन गर्न, ब्यबसायिक योजना छनोट गर्नका लागि सहजहोस भन्ने उदेस्यले तालिम संचालन गरेको बताउनुभयो ।कार्यक्रमको सहजीकरण डेक नेपालका राम संकर यादबले गर्नुभएकोथियो ।