September 7, 2024

दंगीशरणमा जियो कृषि सम्बन्धि अभिमुखिकरण तथा तालिम सम्पन्न

0

दंगीशरण असार २०

युके.एडको आर्थिक सहयोग,प्रेक्टिक्ल एक्सन नेपाल र विकास सरोकार समाज डिकोशको साझेदारीमा संचालित समुन्नति कृषि परीयोजना अन्तर्गत  दंगीशरण गाउँपालिकाका लागि जियो कृषि सम्बन्धि अभिमुखिकरण तथा तालिम कार्यक्रम दंगीशरण ३ को स्वास्थ्य चौकि हेकुलिमा सम्पन्न भएको छ । 

डिकोस समुन्नति कृषि परियोजनामा सलग्न भएका वडा न १,२,३,५, र ६ का ३६ वटा कृषक समुहहरुको जलवायुमैत्री कृषक पाठशालामा संचालन हुने  मोडेल मध्य मोडेल २ को जियो कृषि सम्बन्धि अभिमुखिकरण तथा तालिम संचालन गरीएको हो ।

परीयोजनाले उधमसिल क्षमता अभिबृद्दी,सुलभ बित्तमा पहुँच,महिलाहरुको कार्यबोझ न्यूनीकरण तथा सशक्तीकरणको लागि काम गरीरहेको छ । 

परियोजनाले महिला सिमान्तकृत समुह,र फरक समुह भएका क्षेत्रहरुमा काम गरीरहेको बताएको छ ।वडा न ३ मा सम्पन्न अभिमुखिकरणमा जनप्रतिनिधि,कृषी कर्मचारी,पशु-कर्मचारी,लगायतको सहभागीता रहेकोथियो ।

अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले प्रविधिको विकास सङ्गै दिजिटल साक्षरतातर्फ महिलाहरू अगाडि बढेको देख्दा आफु खुसि भएको बताउनुभयो ।पछिल्लो समया घरमैबसि मोबाइल एप्स मार्फत सबै कुरा गर्न सक्ने भएकाले समय र पैसाको समेत बचत हुनेगरेको बताउनुभयो ।जियो कृषिले पालिकाका किसानहरुमा कृषिमामा धेरै कुराको सहजाता प्रदान गरेकाले समुन्नती परीयोजनालाइ धन्यवाद ब्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो