September 7, 2024

शान्तिनगर स्थानीय परियोजना सुझाव समिति द्वारा समुन्नति डिजिटल फाईनान्स परियोजनाको कार्यक्रम अनुगमन र छलफल।

0

शान्तिनगर साउन २६

शान्तिनगर स्थानीय परियोजना सुझाव समिति द्वारा समुन्नति डिजिटल फाईनान्स परियोजनाको कार्यक्रम अनुगमन र छलफल।

शान्तिनगर गाउँपालिका अन्तर्गतको स्थानीय परियोजना सुझाव समितिका पदाधिकारीहरू र समुन्नति डिजिटल फाईनान्स परियोजनाको संयुक्त टोलीले परियोजनाको गाउँपालिका भित्र सञ्चालन गरिरहेको विभिन्न कार्यक्रमहरूको अनुगमन गरेको छ।

टोलीले वडा नं ७, कुमलगढी स्थित कुमलगढी डिजिटल साक्षरता कक्षाको अनुगमन गरि कक्षाका सहभागीहरूसंग अन्तरकृया गरेको थियो।

सहभागीहरूले कक्षामा आफ्नो मोबाइल मार्फत विभिन्न विद्युतीय कारोबार गर्न सिकेको र कक्षामा सिकाईने विषयवस्तुकै कारण आफ्नो कृषि कर्म लगायतका आम्दानीहरू बाट अनावश्यक तथा फजुल खर्च घटाई वचत गर्नुपर्ने र यसरी गरेको वचत आधिकारीक संस्थाहरूमा सुरक्षित राखी विद्युतीय माध्यम बाट वित्तीय कारोबार गर्नु पर्छ भन्ने ज्ञान सिकेको कुरा बताएकाथिय

यस्तै सहभागीहरुले , बिजुली लगायतका शुल्कहरू आफैले घरमै बसेर तिर्न सिकिसकेको कुरा उल्लेख गरेकाथिय । हाल शान्तिनगरमा ९ वटा कक्षाहरू सञ्चालनमा छन् जसमा १९१ जना सहभागी छनभने जसमध्ये १८२ जना महिला सहभागीछन

यसैविच टोलीले शान्तिनगर ७, स्थित साना किसान कृषि सहकारीसंस्थामा भ्रमण गरी सहकारीले परियोजना संग साझेदारी गरि परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा विभिन्न कार्यक्रमहरू सञ्चालन वारे जानकारी लियकोथियो ।

परियोजनाले सहकारीको क्षमता विकासका लागि ल्यापटप लगायतका विभिन्न विद्युतीय उपकरणहरू सहयोग स्वरुप उपलब्ध गराएको छ भने सहकारीको सदस्यहरूलाई एस एम एस सेवा उपलब्ध गराउन सहकार्य गरेको छ।

हाल सहकारीले मोबाइल बैंकिङ्गको सेवा सुरु गर्न परिक्षण गरीरहेको छ। यसका साथै परियोजनाले सहकारीहरू संगको समन्वयमा आगामी दिनहरूमा थप ५०० जनालाई डिजिटल वित्तीय साक्षरता सम्बन्धित तालिम दिने योजना गरेको परियोजनाका प्रबन्धक श्री सन्तोष अधिकारीले बताउनुभयो । परियोजना र पालिका बिचको सहकार्यमा यस बर्ष पालिका भित्र कम्तिमा ५ स्थानमा वाइफाइ हटस्पट बनाउने सहमति समेत भएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो