October 6, 2024

दंगीशरण साउन २५
प्रमोद आचार्य
अबरुद्ध फुर्केशलि बिधुत लाइन सुचारु

दंगीशरण गाउँपालिकाको विकट ठाउँको रुपमा चिनिने फुर्केशल्लिमा गत आर्थिक बर्षमा गाउँपालिका बाट त्यहाँको स्वास्थ तथा बिधुतको चासो राख्दै स्वास्थ्य इकाइ भवन र बिधुत २ वटै सुबिधा एकै साथ सप्पन्न भयो ।जहाँ स्वास्थ्य इकाइको भवन सम्पन्न भयो अनि सङ्गै बिधुतलाइन पनि बिस्तार गरीयो ।

हरेक बर्षातको समयमा यातायात र बिधुतबाट बन्चित हुनुपर्ने बाध्यता फुर्केसल्लि वासीमा थियो । गत आर्थिक बर्षमा गाउँपालिका र वडा न १ को सक्रियतामा गाउँपालिका बाट खर्च भुक्तानी हुने गरी ३ पटक बाटो मर्मत र धेरै पहिले गाडीयका बिधुत पोल र तारको मर्मत र बिस्तारको लागी गाउँपालिकाले भुक्तानी गरी फुर्केसल्लिमा बिधुत पुर्यायकोथियो ।धेरै बर्ष पहिले देखी बिधुत बाल्ने आसामा बसेका फुर्केसल्लि वासीका लागी गाउँमा बिधुत आउछ र बिधुत बाल्न पाउछौ भन्ने आसा समेत मरीसकेको थियो ।

नयाँ निर्वाचित सरकार आएको पहिलो बर्षमै बिधुत स्वास्थ्य इकाइ भवन पुर्यायर आफुले चुनाबकाबेला त्यहाँका नागरीकहरुसङ्ग गरेको प्रतीबद्दता क्रमश पुरा गर्ने चरणमा आफु रहेको बताउनुहुन्छ वडा न १ का वडा अध्यक्ष रमेश भण्डारी ।फुर्केसल्लिमा बिजुलि बत्ती पुर्यायको २ महिना पछी लगातारको बर्षातले ठाउँ ठाउँमा क्षेती पुगेको र अबरुद्ध बिधुत तुरुन्तै गाउँपालिका र वडा न १ को सक्रियतामा तत्काल बिधुत मर्मत गरी बिजुलि बत्ती सुचारु गराइएको वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले बताउनुभयो ।

यस्तै संचार बाट बन्चित फुर्केसालिमा नेपाल टेलिकमको टावर निर्माणको लागी समेत काम अगाडी बढीसकेको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो